Loading...
उपेन्द्रलाई भोट हाल्न सबै पदाधिकारी-कार्यकर्ताहरुलाई कांग्रेशको निर्देशन, ठाकुर कारबाहीमा

सप्तरी । नेपाली कांग्रेसका सप्तरी जिल्ला सभापति दिनेशकुमार यादवले सप्तरी– का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भोट हाल्न कार्यकर्ताहरुलाई निर्देशनात्मक अपिल गरेका छन् ।
सप्तरी–२ मा उपेन्द्र यादवलाई समर्थन गर्न कांग्रेसको केन्द्रीय तहबाटै निर्देशन प्राप्त भएपछि जिल्ला सभापति यादवले सोही अनुसार संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह ‘मसाल’ मा भोट हाल्न छिन्नमस्ता, तिलाठी कोइलाडी र महदेवा गाउँपालिकाका पदाधिकारी तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
यादवले गत मंसिर ३ गते नै लिखित निर्देशन जारी गरेको भए पनि हाल मात्रै सो निर्देशनपत्र सार्वजनिक गरिएको हो ।
सप्तरी–२ मा कांग्रेसबाट सकलदेव सुतिहारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । हाल सुतिहारले समेत उपेन्द्र यादवलाई समर्थन गर्ने भन्दै चुनाव प्रचार गरेका छैनन् । उनले पहिल्यै आप्mनो उम्मेदवारी फिर्ता लिन चाहेको भए पनि समय तालिका बमोजिम निर्वाचन आयोगको कार्यालय पुग्न नसक्दा प्राविधिक हिसाबले उम्मेदवारी कायम रहेको छ ।
‘प्राविधिक रुपमा हाम्रो पार्टीको सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा उम्मेदवारी रहे पनि सो क्षेत्रमा मधेस गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई हाम्रो उम्मेदवार सकलदेव सुतिहार समेतले समर्थन गरेको हुँदा सोही अनुसार सहयोग गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपिल गर्दछु,’ सभापति यादवको निर्देशनपत्रमा उल्लेख छ ।

जयप्रकाश ठाकुर कारबाहीमा

यसैगरी सप्तरी–२ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुरलाई राजपाले मधेस गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको छ ।
प्रदेश नं. २ मा संघीय फोरम र राजपाबिच चुनावी गठबन्धन गरिएको छ, जसअनुसार सप्तरी–२ मा संघीय फोरमबाट उपेन्द्र यादव प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् ।
राजपाका संयोजक महन्थ ठाकुरले विहिबार प्रेस विज्ञप्ती जारी गरी गठबन्धनविरुद्ध उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताहरुलाई दुई वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *