Loading...
पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने बाम गठबन्धनको दाबी,

नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएर देश बनाउन को लागि निर्माण भएको बताउनु भएको छ । नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा पोखरेलले कार्यकर्तालाइ एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।
महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नु भएको थियो। वाम गठबन्धनको सरकारले मात्र देशका विद्यमान समस्याको समाधान गर्ने बताउँदै उनले भने, “ सबै जनतालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई आवश्यक भत्ताको व्यवस्था गर्ने, विदेशी निर्भरता हटाएर नमूना देश बनाउनेछौँ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *