Loading...
भोलि नेपाल बन्द, बिरोध गर्नेलाई बेलुकी छानीछानी कुट्ने धम्कि! बिप्लवले बन्द गरेको हल्लामात्र

काठमाण्डौ, भाेली मङ्सिर -८ गते पुर्व माओबादी जनमुक्ति सेनाले नेपाल बन्द गर्ने भएको छ । याे बन्द उनीहरुले फरक तरिकाले गर्न लागेकाे बताएका छन् । बन्दको बिरोध गर्ने जाे काेहीलार्इ पनी छानी छानी कुट्ने कडा चेतावनीका साथ साथ बन्द गर्ने उनीहरुको भनाइ रहेको छ ।

उनिहरूका अनुसार“दिउसो जसले हाम्रो बिरोध गर्छ बेलुकी छानी छानी कुट्ने हो ” । पुर्व माओबादी जनमुक्ति सेनाका एक सदस्यकाले भने ‘नेपाल बन्द कसरि गर्नु पर्छ हामी देखाईदिन्छौ’ ।

फेरी अर्को समाचार भने यस्तो ,

नेपाल बन्द हल्ला मात्रै

मंसिर ७, २०७४-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि मंसिर ८ गते नेपाल बन्द आह्वान गरेको भनी भएको प्रचार निराधार भएको जनाएको छ । ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन’, माओवादी स्रोतले भन्यो, ‘हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’

यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *