Loading...
“पहाड र मधेसलाई विभाजन गर्ने गरी कसकालागि कित्ताकाट”? कित्ताकाट रोकिएको छ- ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालात मा नेपाललाई टुक्रिन नदिने बताउनु भएको छ । ‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्को गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।’ उहाले भन्नु भएको छ ।

वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिने जनाए ।

आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उनले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए ।

kathmandu today

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *