
ललितपुर, ८ मंसिर । किराँत जनवादी वर्कर्स पार्टी नेपालले यही मंसिर १० गते र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय समितिका अध्यक्ष साड.केन्मा किरातीद्धारा मंसिर ७ गते शुक्रबार जारी विज्ञप्तिमा सो कुरा जनाइएको हो । विज्ञप्तिमा जनाइए अनुसार फरार भनिएका ६ जना कार्यकर्ताको मुद्दा फिर्ता लिने , ८ जना बन्दीलाई तत्काल रिहा गर्ने र दोहोरो भिडन्तमा मारिएका दुई योद्धालाई घोषणा गर्ने लगायतका माग पूरा गर्न नेपाली कांग्रेसकोनेतृत्व सहमत भएकोले सो निर्णय गरिएको पार्टीले जनाएको छ । पार्टीले आफ्ना माग पूरा गर्न मध्यस्थको भूमिका खेलेकोमा नेपाली कांग्रेस पाँचथरका क्रियाशील सदस्य लक्ष्मण चेम्जोड.प्रति आभार समेत व्यक्त गरेको छ । किराँत वकर्स पार्टीको यस निर्णयले पूर्वी नेपालका ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ्ग, सोलखुम्बु, ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगायतका जिल्लाहरुमा नेपालीकांग्रेसका उम्मेद्वारलाई प्रत्यक्ष लाभ हुनेभएको छ । यसबाट पहिलो चरणमा निर्वाचन हुने पूर्वी नेपालका नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई झनै सहज हुन गएको छ ।
Facebook Comments