Loading...
प्रदेश नम्बर ४ मा काँग्रेसको स्थिति सबल, माओबादी उम्मेदवार गुरुङले पाए पर्यटकको संज्ञा

पोखरा, ७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्नेदेखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत रनवलपरासीको बर्दघाट पुर्वका दुई क्षेत्रमा दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुँदैछ । हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका पोल्डेन छेपाङ गुरुङका बीच सिधा प्रतिस्पर्धा हुँदैछ । मनाङका ४ वटास्थानिय तहमा नेपाली काँग्रेसबाट धेरै जनप्रतिनिधि सभाहरु निर्वाचित भएकोले मात्र नभई विगतमा पनि टेकबहादुर र पाल्टेन गुरुङ जस्ता काँग्रेस नेताहरुले विजय प्राप्त गर्दैैआएको जिल्ला भएकोले पनि प्रतिनिधि सभासभामा काँग्रेसले नै जित्ने अनुमान धेरैको छ । ५ हजार ८ सय ८१ मतदाता रहेको मनाङमा नासुङ र चामेमा काँग्रेसको प्रभाव बढि मानिन्छ । यसै क्षेत्रका चिन्ता घले नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा ‘क’का उम्मेदवारहुनुहुन्छ । उहाँको प्रतिस्पर्धा नेकपा एमालेकै दोर्ज डेडुल शेर्पासँग हुँदैछ । चुनावी प्रचार अभियानमा काँग्रेसको पक्षमा जनलहर आएकोले यो प्रदेशमा घलेको विजय निश्चित जस्तैरहेको बताईन्छ ।

प्रदेश ‘ख’मा नेपाली काँग्रेसको तर्फबाट कर्मा गुरुङ र नेकपा एमालेको समर्थन पाएका राजिव गुरुङ अर्थात दीपक मनाङेका बीचमा हुने प्रतिस्पर्धामा पनि कर्माले बाजि मार्नेसंभावना छ । कर्मा स्थानीय र धेरै मतदाता रहेका ठाऊँको भएकोले पनि उहाँलाई धेरै मतदाताले समर्थन गरेका छन् । राजिव अर्थात दीपक मनाङेको छविलाई लिएर धेरैले आलोचना गर्दैआईरहेकोले पनि उहाँ पछि पर्ने बताईन्छ । यसैगरि  प्रतिनिधिसभामा १ सीट रहेको लमजुङमा पनि नेपाली काँग्रेस अगाडि देखिन्छ । नेपाली काँग्रेसका दिलबहादुर घर्तीसँग बामगठबन्धनबाट उठ्नुभएका नेकपा माओबादी(केन्द्र)का देवप्रसाद गुरुङको प्रतिस्पर्धा हुने देखिएपनि विजय कांग्रेस नेता घर्तीको पक्षमा पर्ने देखिन्छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट देवेन्द्र पराजुली पनिलमजुड.मा उम्मेदवार उठ्नुभएको छ । पराजुली विगतमा माओबादीको जिल्ला सचिव समेत रहेर काम गरिसकेकोले माओबादीका मत समेत उहाँले पनि काट्ने बताइन्छ ।

माओबादीका उम्मेदवार गुरुङलाई स्थानिय मतदाताले पर्यटक उम्मेदवारको संज्ञा समेत दिन थालेका छन् । घर्ती विगतदेखि नै लमजुङलाई आधार बनाएर राजनीतिमा सक्रियरहदै आउनुभएको छ । सशस्त्र द्वन्द्वका क्रममा सुन्दरबजार नगरपालिका परेवाडाँडाका एमाले नेता तिलक पाण्डेलाई माओबादीले हत्या गरेकोले त्यसको बदला लिन केहि एमालेहरु लागिपरेका छन् ।यसबाहेक लमजुङमा मात्रै करिब २ सय जनाको माओबादी सशस्त्र युद्धताका हत्या भएकोले तिनका परिवार र आफन्तले माओबादीका उम्मेदवारलाई समर्थन नगर्ने निश्चित छ ।यसको फाइदा काँग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई मात्र नभएर प्रदेश तर्फका उम्मेदवारहरुले पनि प्राप्त गर्नेछन् । लमजुङको प्रदेशसभा ‘क’मा काँग्रेसको गर्जबहादुर गुरुङ र एमालेका धनञ्जय दवाडीबीच मूख्य प्रतिस्पर्धा हुने भएपनि कम्यूनिष्ट गठबन्धनका दवाडीले पाउने मत विवेकशिलकातुलसीराम, संघीय समाजबादीका ईन्द्रबहादुर र नयाँ शक्तिका राजु थापा लगायतले काट्ने भएपछि गुरुङ बलियो बन्नुभएको छ । प्रदेश ‘ख’मा पनि काँग्रेसका कृष्णप्रसाद कोईरालाको अवस्था निकै सुदृढ देखिएको छ । लमजुङ काँग्रेसका सभापति भैसकेका कोईराला स्वच्छ छविका र मिलनसार नेतामानिनुहुन्छ । यो प्रदेशबाट नेकपा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई बाम गठबन्धनले साझा उम्मेदवार बनाएपनि नयाँ शक्तिका सरोज दनाई, संघीय समाजबादीका सुरेशकुमारगुरुङ, विवेकशीलका मुनिन्द्र थापा लगायतले दिने धक्का पृथ्वी सुब्बालाई सहन गाह्रो पर्ने देखिन्छ । लमजुङमा कुल १ लाख १५ हजार ४ सय ५४ मतदाता रहेका छन् । गोखरा जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेस र नेपाली काँग्रेसकै समर्थन प्राप्त गरेका नयाँ शक्तिका उम्मेदवारहरु विजयको नजिक पुगेका छन् । निर्वाचन क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभासभाको लागि ८ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि काँग्रेसका चिनकाजी श्रेष्ठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *