
सुनसरी क्षेत्र नम्वर ३ मा संघीय समाजबादी फोरम नेपालबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार पदम अधिकारीले बिजय कुमार गच्छदारले थारु र मधेसिलाई गद्वारी गर्दै पार्टी नै कांग्रेसमा बिलय गराएकाले थारु र मधेशिको नाम लिने नैतिक अधिकारनै नभएको बताउँनु भएको छ । नेपालको राजनीति माफियाको हातमा गएको भन्दै अधिकारीले पैसा खर्च गरेर सांसद बन्ने अनि सत्ता र शक्तिको दुरुपयोग गरेर देश लुट्ने कुसँस्कृतिको उदाहरण बिजय गच्छदार रहेको भन्दै त्यसो हुन नदिन उम्मेद्वारी दिएको बताउनुभयो।
वहाँले निर्वाचनमा जनताको बीचमा पार्टीले बोकेका बिचारहरुलाई स्थापित गर्दै जनताको पक्षमा रहन र माफियातन्त्रको राजनिति माथी जनताको राजनितिलाई स्थापित गर्न आँफूले उम्मेद्वारी दिएको बताउँनुभयो। नैतिकता र लोकतन्त्रको संरक्षण गर्न आस्था र बिश्वासलाई सँस्थागत गर्न अनि लोकतन्त्रमा भ्रष्टाचारको बिरोधी जनमत सँस्थागत गर्न आँफुले उम्मेद्वारी दिएको अधिकारीको भनाई छ। अधिकारीले सुनसरी तीनमा ४० प्रतिशत थारु मतदाता रहेकोले आफ्नो पार्टीमा सो क्षेत्रका सयौ थारु नेता कार्यकर्ता कृयाशिल रहेकोले आँफुले उम्मेद्वारी दिएको बताउनुभयो। थारु नेता भएपनि उनि थारु कुलमा जन्मेका नेता मात्र रहेको आरोप लगाउँदै गच्छदारले थारुलाई पुरानो सत्तासँग बिक्री गरेर थरुहट प्रदेशका लागि भएको आन्दोलनमा आफ्नै पार्टीका नेता लक्ष्मण थारुलाईजेलमा सडाएको आरोप लगाउनुभयो। उहाँले थारु आन्दोलनका क्रममा गच्छदारले अर्का नेता रेशम चौधरीलाई निर्वा्षित जीवन जीउन बाध्य बनाएको भन्दै अरु २२ जना थरुहट अगुवाहरुलाई आजपनि जेलमा सँडाएको आरोप छ।
यस्तै सयौँजना थारुलाई झुटा मुद्वामा फसाएको अधिकारीको आरोप छ । सुनसरी क्षेत्र नम्वर ३ मा संघीय समाजबादी फोरमले चुनावी टोल सभा तथा घरदैलो कार्यक्रमलाइ तिव्रता दिएको छ । सयौको संख्यामा संघीय समाजबादी फोरम नेपालका कार्यकर्ता तथा नेता उम्मेद्वारले मतदाता आकर्षित गर्न तथा प्रचारप्रचार अभियानलाई अघि बढाउन यस क्षेत्रमा सक्रियताका साथ लागिपरेका छन् । चुनावी सभा तथा टोल सभाको क्रममा बिभिन्न पार्टी परित्याग गरि संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका यस क्षेत्रका एक हजार बढी यूवा, महिला लगायतहरुले पटक–पटक जितेर गएका बिजय कुमार गच्छदारले विकासको नाममा जनतालाई झुक्याउँदै आएकोले संघीय समाजबादी फोरम नेपालमा आवद्ध भएको बताए । यस्तै प्रदेश सभा तर्फ सुनस–री क्षेत्र नम्वर ३ क बाट सुरेश यादव ख बाट अवधना–रायण यादव, समानुपातिक १ नम्वर प्रदेश सभा सदस्य तर्फ सिता सिंह दनुवार रहनु भएको छ । पदम अधिकारी बाम गठबन्धनकी भगवती चौधरी र कांग्रेसका बिजय गच्छदारको ठाउँमा उम्मेद्वार बन्नुभएको हो। कानुनमा स्नातक र समाजशास्त्र र राजनीति शास्त्र गरेका अधिकारीले एमाले अनेरास्वबियुबाट राजनीति शुरु गर्नुभएको हो। ०४७ साल देखी ०५४ सालसम्म एमालेको राजनिति गरेका अधिकारीले ०५४ देखी ०५८ सम्म सहाना प्रधान नेतृत्वको नेकपा मालेको राजनीति गर्नुभयो। ०५८ देखी ०६३ सम्म नेकपा माओबादीको राजनीति गर्नुभएका अधिकारी ०६४ सालमा लिम्बुवान खस परिषद गठन गरेर लिम्बुवान आन्दोलनमा कृयाशिल हुनुभयो। सञ्जुहाङ्ग पालुंवा, रामभक्त कुरुङ्गवाङ्ग, बीर नेम्बाङ्गलाई अध्यक्ष बनाउँदै लिम्बुवान सम्बद्व पार्टीको महासचिव हुँदै पार्टीको नेतृत्व गर्नुभएका अधिकारी ०७१ सालमा आफ्नै नेतृत्वमा लिम्बुवान मुक्ति मोर्चा गठन गरेर चर्चामा आउनुभयो। त्यसपछि भने उहाँ ०७२ जेठ २९ गते संघीय समाजबादी फोरममा पार्टी बिलय गराउँदै स.स.फो.मा केन्द्रिय सदस्य हुनुहुन्छ । लामो समयदेखि नेपाली राजनीतिमा रहेको जातीय, क्षेत्रीय, बर्गीय, बर्णीय, लैङ्गिक असमानताको अन्त्य गर्दै न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि कृयाशिल राजनीतिक जीवन बोकेकाले आँफुले सुनसरी ३ मा उम्मेद्वारी दिएको नेता अधिकारीले बताउनुभयो। अधिकारीले नेपाली जनता भष्ट्राचार बिरोधी र दलीय कुरिती बिरोधी अभियानलाई साथदिने भएकोले आँफुलाई बिकास र शुसासनका लागि जनताले मतदान गर्ने भ्रष्ट र आडम्बरीलाई पराजित गर्ने बताउनुभयो। पञ्चायत बिरोधी आन्दोलनका क्रममा ०३९सालमा राजकाज अपराध मुद्वा खेपेका अधिकारी पुन ०४५सालमा राजकाज अपराध मुद्वा खेप्दै निर्वासनमा बस्नुभयो। यस्तै माओबादी द्वन्दको क्रममा ०५८सालमा ८३ दिन सुनसरीका बिभिन्न ठाउँका प्रहरी हिरासतमा रहनुभएको छ। समग्रमा थारु मधेसी, आदिबासी जनजाती, मुस्लिम, पहाडी उत्पिडनमा परेका समुदायको मत आफुहरुको पार्टीलाई आउने अधिकारीको दावी छ । उहाँले जातीय मुक्तिका लागि संघीयता र बर्गीय मुक्तिका लागि समाजबादको राजनितिक नारा साकार पार्न र संघीयता र समाजबादलाई सँस्थागत गर्न सुनसरी तीनका जनतामार्फत आँफु र आफ्नो पार्टी संघीय समाजबादी फोरम नेपाललाई स्थापित गर्नेमा आँफु बिश्वस्त रहेको बताउँनु भयो । वहाँले विकास र परिवर्तन चाँहने हरेक जनताले हातले समातेको मसाल छापमा मत दिन अपिल गर्नु भएको छ ।
Facebook Comments