Loading...
सुरक्षाकर्मीले माओवादीकोभन्दा धेरै हत्यागरेको एमालेको ठहर, माओबादीको सुरक्षा एमालेले गर्ने

काठमाडौं । नेकपा(एमाले)का नेताहरूले माओवादीले सशस्त्र द्वन्द्वमा गरेको हत्या र हिंसालाई अनुमोदन गर्न आफूहरू तयार भएको जनाएका छन् । एमालेका महासचिव ईश्वर पोख्रेलले सशस्त्र द्वन्द्वका बेला हत्या भएको १७ हजार जनतामध्ये माओवादीले ५ हजार मात्रै मारेको जनाएका हुन् । ‘माओवादीले ५ हजार मात्रै मारेका हुन् । त्यसलाई अनुमोदन गर्न एमाले तयार छौँ’, महासचिव पोख्रेलको भनाइ उदृत गर्दै माओवादी नेता रामबहादुर थापा ‘बादल’ले भने, ‘एमालेका नेताहरू माओवादीका सबै कुरा मान्न तयार भएको छ । माओवादीले गरेको हत्या र हिंसालाई पनि एमालेको समर्थन रहनेछ ।’

काठमाडौंमा शुक्रबार भएको गोप्य वार्तामा एमालेका नेताहरूले माओवादीले भन्दा धेरै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हत्या गरेको बताएका हुन् । ‘माओवादीले भन्दा धेरै हत्या सुरक्षाकर्मीहरूले गरेका हुन्’, पोख्रेलले भने, ‘अब माओवादी डराउनु पर्दैन सबै जिम्मेवारी एमालेले लिन्छ ।’ एमालेको आश्वासनपछि अब माओवादी नेताहरू ढुक्क साथ निर्वाचनमा जाने वातावरण बनेको माओवादी केन्द्रका नेता बादलले बताए । माओवादीहरू सशस्त्र द्वन्द्वका बेला भएका सबै हत्याको जिम्मेवारी एमालेले पनि लिने भएपछि सबै माओवादी नेताहरू सुरक्षित रहेको बताइएको छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *