Loading...
ओलीको घरमा बम विस्फोट, अर्को बम डिस्पोजगर्न नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा

अहिले विहानै एमाले अध्यक्ष केपी ओलीको झापास्थित घरको गेटमा बम विस्फोट भएको छ । विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा बम विस्फोट भएकोसमाचार प्राप्त भएको छ ।

विस्फोटबाट गेटमा क्षति भएको छ । नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको संकास्पद बस्तु घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *