Loading...
कांग्रेसले लगाए बाम गठबन्धनमाथि संगिन आरोप, बारम्बार बमप्रहार बामलेगरेको ठहर(बिज्ञप्ति)

कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार बम प्रहार

                                                                                                                                                    मंसिर ९, २०७४

                                                                                  प्रेस विज्ञप्ति

१.  नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु कुमार कार्की र सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार एवं नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछाने चढ्नु भएको सवारी साधनलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन् । बम प्रहारबाट उम्मेदवार सहित चुनाव प्रचारमा हिडेका पार्टीका कार्यकर्ताहरु बाँच्न सफल भएका छन् ।

२. नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा मध्यरात १२ बजे बम विष्फोट भएको छ । विष्फोटबाट उहाँको घरमा पार्किङ गरी राखेको बा७च ६८९५ नम्बरको बोलेरो जीप पूर्ण रुपमा क्षति भएको छ ।

३. पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको सर्लाहीको लालवन्दी नगरपालिका वडा नं. १७ स्थित रानीगञ्जमा रहेको घरमा आज विहान करीब ५ बजे बम विष्फोट भएको छ । श्रेष्ठको घरमा क्षति पुगेको छ । ठूलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

४. ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा.पा.को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी उहाँहरु चढ्नु भएको गाडीलाई नियन्त्रणमा लिएका थिए । उहाँहरुलाई घाइते बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए ।

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय हो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।

नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *