
९ मंसिर, कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पहिला को भन्दा आफ्नो एजेन्डालाइ लत्याएको आरोपलगाउनु भएको छ ।
आज पोखरामा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने- पहिले र अहिलेको काँग्रेसमा भिन्नता आएको छ । उसले कांग्रेस सिद्धान्तभन्दा फरक व्यवहार देखाएको आरोप समेत लगाउनु भएको छ ।
उनले हालको सरकार काँग्रेसको अन्त्मि सरकार हुने र पुरपछि बन्ने कुनै पनि सरकारमा काँग्रेस नरहने बताए । ‘शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार नै कांग्रेसको अन्तिम सरकार हुनेछ, पुसदेखि बन्ने कुनै पनि सरकारमा कांग्रेस हुनेछैन,’ओलीले दाबी गरे । काँग्रेसको पछिल्लो गतिबिधिबाट संस्थापकहरु नै असन्तुष्ट रहेको पनि बताए । उदाहरण पेश गर्दै भने, ‘तपाइँहरुलाई थाहै छ, कृष्णप्रसाद भट्टराईले अन्तिम समयमा आएर कांग्रेस छाड्नुभो, विपी अहिलेसम्म जीवित भएको भए पनि कांग्रेस छाडेर एमालेमा प्रवेश गर्नुहुन्थ्यो।’
Facebook Comments