Loading...
राजेन्द्र महतोलाइ लक्षितगरि घर अगाडि बम विस्फोट, व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन

धनुषा: जनकपुरमा अहिले राति ८ः०० बजे बम विस्फोट भएको छ । रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर राजपा नेता राजेन्द्र महतोको डेरा छ । बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *