
सिन्धुली । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिए संगै उमेद्वाले विगतमा गरेका कु–कार्य तथा गतिविधिको पनि चर्चा परिचर्चा शुरु हुन थालेको छ । विगतमा गरेका साना भन्दा साना गल्तिहरुको प्रसंगले बजार तात्ने यो निर्वाचनको समयमा यतिबेला एउटा सत्य घटनाले जिल्लाबासीको ध्यान केन्द्रित गरेको छ । यस घटनाको प्रतिनिधि पात्र हुन सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा सदस्य (क) का बाम गठबन्धन तर्फका उम्मेद्वार विनोद खड्का । उनी लामो कसरत पछि लगभग वाम गठवन्धनको तर्फबाट उमेद्वारको अन्तिम निष्कर्षमा पुगेको भनिएका केशव प्रसाद देवकोटालाई उछिन्दै उम्मेदवार बन्न सफल भए । उम्मेदवारी चयनको अन्तिम रात विनोद कुमार खड्काले टिकट हात पार्न सफल भए ।
यो उनको ठूलो उपलब्धि मान्नुपर्छ । उनको उम्मेद्वारी टुङ्गो लागे संगै अहिले उनले विगतमा गरेको यौन काण्डले जिल्लावासीको ध्यानलाई थप केन्द्रित गरेको छ । नेकपा एमालेका संगठित सदस्य सुवास देवकोटाले घटनाको छानविन गरि कारबाही गरि पाउँ भनी नेकपा एमालेको केन्द्रिय कार्यालयमा दिएको निवेदन अनुसार ‘कमलामाई नगरपालिका वडा नम्बर ११ स्थित आफ्नो घरमा घर कुर्नका लागि राखिएको मेरो मामाकी छोरी शारदा कार्कीसंग नेकपा एमाले नगर कमिटीका तत्कालिन सचिव बिनोद खड्काको यौन संबन्ध रहेको र ६ महिनाको गर्भ समेत रहेको’ उल्लेख गरिएको छ ।
Facebook Comments