
भैरहवा ०७४ मंसिर १०, २०७१ साल मंसिर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ४०० भन्दा बढि मधेशीहरूलाई छालाको रंग देखेर गिराफ्तार गरेको घटनाको बार्षिकीको रूपमा डा.सि.के राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन रूपन्देही( Aim) ले यश वर्ष पनि आज १० गते आइतबार रूपन्देहीको पाँच वाटै निर्वाचन क्षेत्रहरूमा दर्जन भन्दा बढी ठाउहरूमा फ्री मधेशको झन्डा लहराउदै नेपाली उपनिवेश अन्त हो मधेश देश स्वतन्त्र हो । रंगभेदी गिराफ्तारी मुर्दाबाद मधेशी एकता जिन्दाबाद आदि को नारा लगाउदै नगर र वार्ड परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । सो कोण सभामा बोल्ने गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र प्रसाद यादव ले वार्षिकि दिवस माथी प्रकाश पार्दै भईरहेको यो चुनाव सक्ता, भक्ता र ब्यक्तिगत स्वार्थको लागि हो । नाकि मधेशी अधिकारको लागि । मधेश आजाद भएन भने हामी मधेशी जनताको अस्तित्व, पहिचान र जल जंगल जमिन खतरामा पर्दै गएको छ । तर्सथ अब सचेत हुने बेला आएको छ ।पार्टी दल नेतालाई भोट दिनु भन्दा मधेशी जनता र सहिदको सम्मानको लागि कोठा बहिर बदर भोट दिनु नै बेस हुने छ । त्यसै गरि कोण सभामा बोल्दै दिलिप, यादव , चन्द्रशेखर सोनार,रामकेश गुप्ता, विकास लोध, संजय मिश्रा, शिवचरन केवट, रोहित केवट, दिनेश यादव , बिरू प्रजापति लगायतको जिल्ला एवं क्षेत्रिय स्वराजीहरूले गएको बर्ष ०७३ मंसिर १० गते लुम्बिनी नजिकै झुल्नीपुर चौराहाबाट नेपाल प्रहरीले ६५ भन्दा बढि स्वराजीलाई गिराफ्तार गरि ४८ घन्टा थुनामा राखे पनि कार्यक्रम पुर्ण रूपमा सफल भएको र आजको यो दिन पनि बिना गिराफ्तारीकै सफल भएको छ । स्वराजी गिराफ्तारीबाट झन बलियो हुँदै गएकोले हामी गिराफ्तारी बाट भाग्दैनौं तर देशको संबिधानले दिएको अधिकार पनि मधेशीले उपभोग गर्न नपाउने ? मधेशी जनताले हक अधिकारको निम्ति बोल्न पनि नपाउने यो कस्तो राष्ट्र जहाँ बोल्दा गिराफ्तारी हुन्छ ।
Facebook Comments