
नुवाकोट । मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ ।
नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको जानकारी प्राप्त भएको छ।
अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिनुभएको छ ।
Facebook Comments