Loading...
मुलुकलाई विभाजन गर्ने बाम गठबन्धनको खतरनाक योजना प्रम देउवाले यसरी गर्नुभयो खुलाशा !

गौरादह(झापा) ११ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले एकदलीय कम्यूनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने बताउनु भएको छ । उहाँले नेकपा एमाले र माओवादी केन्द्रलेसत्ता स्वार्थका लागि बाम गठबन्धन गरेर मुलुकलाई विभाजन तर्फ उन्मुख गराएकाले त्यसलाई नेपाली जनताले स्वीकार गर्न नसक्ने बताउनु भयो । झापाको गौरादहमा सोमबार कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्र र संविधान समाप्त गर्न उद्देश्यले बाम गठबन्धन भएको दावी गर्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मूलतः एकदलीय कम्यूनिष्ट रोज्ने की लोकतन्त्रवादी पार्टीलाई रोज्ने अवसर भएको बताउनुभयो । उहाँले लोकतन्त्र विना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रकापक्षधरलाई जिताउनेमा जोड दिनुभयो । सथै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक परिवर्तन र विकासका लागि नेपाली कांग्रेसले गरेको अगुवाई नै निर्वाचन जित्ने कांग्रेसको मुख्य आधार भएको बताउनु भएको छ । देउवाले २००७ सालदेखि संविधान सभाबाट समावेशी संविधान निर्माण सम्म नेपाली कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भुमिकालाई जनताले भुल्न नसक्ने पनि जिकिर गर्नु भयो । उहाँले नेपाली दाजुभाईका बिचमा मधेस रपहाडका नाममा झगडा मच्चाउने काम भईरहेको परिवेशमा नेपाली कांग्रेसले मात्रै सबै हिमाल, पहाड र मधेसलाई सम्बोधन गर्न सक्ने पनि बताउनुभयो । उहाँले कांग्रेसकै अगुवाईमा जारी भएको नयाँ संविधानले सबैआदिवासी जनजाती, मधेसी लगायतका जातजातीहरुलाई अधिकार प्रदान गरेको बताउँदै यसको सफल कार्यन्वयनका लागि कांग्रेसले नै बहुमत ल्याउनु आवश्यक रहेको पनि जिकिर गर्नुभयो । चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनलाई अनिष्टको संज्ञा दिनुहुदै त्यसको औचित्य नभएको टिप्पणी गर्नुभयो । बामगठबन्धनप्रति कडा रुपमा प्रस्तुत हुनुभएका नेता पौडेललेनेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न गठबन्धनलाई चेतावनी दिनुभयो । स्थानीय गौरादह बजारमा आयोजित चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.खगेन्द्रपाण्डव अधिकारी, प्रदेश सभाकाउम्मेदवारद्धय अनिलकृष्ण प्रसाई, राजनकुमार ढुंगाना, गौरादह नगरपालिकाका प्रमुख रोहित शाहलगायतले लोकतन्त्र र मुलुकको समृद्धि अभियानका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । सभामा कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाई, महासमिति सदस्य फूलवती राजवंशी, शुरेस सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,राप्रपाकाकेन्द्रीय सदस्य दीलीप राई, भद्रपुर नगरपालिकाका पूर्व प्रमुख भारतेन्द्र मल्लिकलगायतले स्थानीय क्षेत्रको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा नगर प्रमुख शाहले गौरादहको पर्यटकीय स्थलका रुपमा परिचित माछापोखरीको विकासको निम्ती नेपाल सरकारबाट सहयोगका लागि प्रधान मन्त्री देउवालाई ज्ञापन पत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तैभुटानी शरणार्थीका अग्रज डा. भम्पा राईसहितको एक प्रतिनिधीमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पु¥याईदिन मागसहितको ज्ञापन पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बोल्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले, झापाको कमल गाउँपालीकामा रहेको रंगशालाको नमांकरण आदिवासी जनजातिको भावना अनुसार गरिने बताउनुभयो ।

पार्टिका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आदिवासीहरुको चिहान उखेलीएको ठाउँको नाउँ आदिवासी रंगशालानै हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै तत्कालीन तोपगाछी गाविसका अध्यक्ष पदम पौडेलले एमालेका बर्तमान अध्यक्ष केपि ओलीले मदन भण्डारीलाई बिबादमा पार्नको लागि रंगशालामा उहाँको नाउँ जोडेको आरोप लगाउनु भयो । आदिवासीजनजातीको पहिचान नस्विकार्न र मदन भण्डारीलाई बिबादित बनाएर वहाँको ईतिहाँसलाई मेटाउन केपि ओलीले रंगशालामा भण्डारीको नाउँ मुछेको पौडेलले आरोप लगाउनु भयो ।

त्यसै गरी सोहि कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारी, प्रदेसशभाका उम्मेद्वारहरु राजन ढुंगाना र अनिल कृष्ण प्रसाईंले आफुहरुले निर्वाचन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *