Loading...
विपक्षीलाई फुलबाबुको फुलडोज, आन्दोलनमा अनुहार नदेखाएकाले मत नदिने मतदाताको भनाइ

नरेन्द्र साह,रौतहट, १० मंसिर । रौतहट क्षेत्र नं. ४ को प्रदेश नं. २ का स्वतन्त्र उम्मेदवार अब्दुल कलाम अजाद उर्फ फुलबाबुको भव्य घरदैलो आज शनिवार गम्महरियामा सम्पन्न भएको छ । हजारौंको सहभागितामा शुक्रबार भुसहामा सम्मन्न भएको घरदैलोले भव्यता लिदैं आफ राजपाका नेता राजकुमार दासको घरदैलोमा पुग्दैं गम्हरियाबासीहरुसंग तथा संचारकर्मिसँगको भेटघाटमा बिताएका छन् ।

राजपा नेपालको बागी उम्मेदवारका रुपमा रहेका स्वतन्त्र उम्मेदवार फुलबाबुलाई राजपाका नेता राजकुमार दासले आफनो घरमा अविर तथा माला लगाई स्वागत गरको छन् । भव्यताका साथमा आफनो चुनाव चिन्ह बाख्रामा मतदान गर्नका लागि आग्रह गर्न घरदैलोमा निस्केका नेता फुलबाबुलाई स्थानियहरुले देखे पछि हर्षित हुदैं तालिबाई स्वागत गरेका थिए । राजपामा रही बागी उम्मेदवारलाई किन सहयोग गर्नु भएको हो भने प्रश्नमा राजपाका नेता राजकुमार दासले आफुलाई पार्टीले नै फुलबाबुलाई सहयोग गर्न हनुमानदुतका रुपमा पठाएकोले आफु उनको प्रचार प्रसारमा लागेको प्रतिक्रिया व्यक्त गर्नु भयो । उहाँले मधेश आन्दोलनमा मुख नै नदेखाएका व्यक्तिहरु मधेशी पार्टीबाट टिकट लिई चुनाव जित्नु फलामको चिउरा चबाउनु झै हुने दाबी गरेका

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *