
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै वाम शक्तिहरुको गठबन्ध देश बनाउनका लागि भएको बताएका छन् । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा आयोजित जनसभालाई संवोधन गर्दै एमाले अध्यक्ष ओलीले बाँडीचुँडी खानका लागि नभई देश बनाउनका लागि कम्युनिष्ठ (बाम शक्ति) हरुको गठबन्धन भएको बताएका हुन् ।
उनले भने, ‘मुलुकमा देखिएको वेरोजगारी, भूमिहिन, सुकुम्बासी लगायतका समस्याको एकमुष्ठ रुपमा वाम गठबन्धनको सरकारले हल गर्नेछ ।’ नेपाल र नेपालीलाई गरिब बनाइएको भन्दै अध्यक्ष ओलीले अव बन्ने आफूहरुको सरकारले त्यस्तो हुन नदिने बताए । देशलाई नयाँ ढंगबाट अगाडी बढाउने आफूहरुको दृढ संकल्प रहेको बताउँदै अध्यक्ष ओलीले अब भन्ने मात्र नभई पाँच भित्र गरेर देखाउने बताए ।
sawalnepal.com
Facebook Comments