
काठमाडौं । काठमाडौंको निर्बाचन क्षेत्र नं १ बाट यो पटक बरिष्ठ अधिबक्ता अशोक उप्रेतीले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । उनले बर्तमान संबिधानले कल्पनै गर्न नसकिने अधिकार जनतालाई दिएकाले सो संबिधान कार्यान्वयन गर्न र जनताले खोजेको अधिकार र उनीहरुलाई सुरक्षा को पूर्ण ज्यारेण्टि गर्न आफ्नो उम्मेदवारी परेको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्दे अधिबक्ता उप्रेतीले देशमा नैतिकताको राजनीतिलाई बढावा दिन तथा सक्षम ब्यक्तिहरु राजनीतिमा लाग्नुपर्दछ भन्ने कुरा स्थापित गर्न आफु उम्मेदवार बनेको बताएका छन । उनले संघियता, गणतन्त्र र धर्मनिरपेक्षताबाट मुलुक पछाडि फर्कन नसक्ने समेत दाबि गरेका छन् ।
उप्रेतीले बिद्धान, इमान्दार र दृष्टिकोण भएका ब्यक्ति राजनीतिमा सक्रिय हुनुपर्ने मान्यतालाई स्थापित गर्न र त्यस्ता व्यक्तित्व ले मात्र देशको लागि केहि गर्न सक्ने भएकाले आफु उम्मेदवार भएको पनि बताउनु भएको छ। उनले चुनाब चिन्ह किताबमा मतदान गरी आफुलाई बिजयी गराउन पनि काठमाडौैं निर्बाचन क्षेत्र नं १ का जनतालाई आग्रह गर्नु भएको छ ।
Facebook Comments