Loading...
ओली तनाबमा, निर्वाचन आयोगले ओलीको हाथमा थमायो २४ घण्टे स्पष्टिकरणको पूर्जी (पूर्जी)
काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पाँच राष्टिÇय दैनिकहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी दिएको हो ।
नेकपा एमालेद्धारा मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने कान्तिपुर, अन्नपूर्ण, नयाँपत्रिका, नागरिक र राजधानी दैनिकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सहित एमालेका चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको सन्देश सहितको विज्ञापन पहिलो पृष्ठमा छापिएको थियो ।
आयोगको विज्ञप्तिमा उल्लेख भएअनुसार आयोगले नेकपा एमाले अध्यक्ष ओलीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ¾आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचार संहिता, २०७२ को दफा ५ को खण्ड(ख १) को उपखण्ड(२) विपरित मिति २०७४।०८।१२ गतेको कान्तिपर दैनिक, अन्नपूर्ण पोष्ट दैीनक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्वीर सहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचार संहिता विपरित भएको देखिंदा यहाँलाई कारवाही हुनुपर्ने हो ,होइन ? पत्र प्राप्त भएका मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।
यसै गरी नेकपा एमालेको विज्ञापन प्रकाशन गर्ने पाँचवटा राष्टिÇय दैनिक पत्रिकाहरुलाई निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित विज्ञाापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त कार्य गरेबापत यहाँलाई कारबाही हनुपर्ने हो या होइन भनी पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ ।
आयोगले जारी गरेको आचार संहितामा  निर्धारित आकार भन्दा ठूलो विज्ञापन एकसाथ पाँचवटा  राष्टिÇय दैनिकमा प्रकाशित भएको भनी कोटेश्वर काठमाडौ निवासी अमृत कार्कीले मंगलबार दिउसो आयोगमा निर्वाचन आचार संहिता उल्लंघन गरिएको सम्बन्धमा उजुरी गर्दै उल्लंघनकर्तामाथि कारबाहीको माग गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *