Loading...
खोक्रो राष्ट्रबाद, नक्कली देशको माया, झूटो आश्वासन, बेइमानीगर्नेलाइ भोट नदिऔ – अशोक राइ

जनतालाई भगवानको संज्ञा दिदै सुनसरी–१ मालोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेद्वार तथा संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता पूर्वमन्त्री अशोक राईले जनताको विश्वासको मत विना कुनै व्यक्तिपनि राज्यको ठूलो पदमा ुपग्ननसक्ने बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारको क्रममा बुधबार चतरामा आयोजित  आमसभालाई सम्बोधनगर्दै वरिष्ठ नेता राईले भने–“जनता भनेको त्यो शक्तिहो, जसले इतिहास निर्माण गर्दछ र उसकै विश्वास अनिविश्वासको मतले कुनै पनिव्यक्ति राज्यको ठूलो पदमा पुग्दछ ।”
उनले थपे–“तर, यहाँ नेर विचार गर्नुपर्ने कुरा के हो भने तपाईहरुले विश्वास गर्दा त्यस्ता व्यक्ति वा उम्मेद्वारहरुलाई मात्र विश्वास गर्नोस्, आफ्नो अमूल्य मत दिनोस्, जसले तपाईहरुलाई खोक्रो आश्वासन बाँडदैन, झुटो सपना देखाउँदैन, भ्रष्टाचार र बेइमानीगर्दैन ।”
अहिलेसम्म सुनसरी–१ मा सँधै ढाँटको खेतीभएको भन्दै नेता राईले भने–“हामीलोकतान्त्रिक गठबन्धनको तर्फबाट तपाईहरुको विश्वास जित्न र निरन्तर जारी त्यै ढाँटको राजनीतिलाई उन्मूलनगर्न आएकाहौँ । हामी नयाँ अठोट, योजना र संकल्पबोकेर आएका छौँ ।”
सुनसरी–१ मा कोशी कटान, कृषि क्षेत्रमा आधुनिक प्रणालीको विकासको अभाव, आर्थिक उत्थान, बाटोघाटो, पुलपुलेसा, सुकुम्वासी समस्या लगायत थुप्रै समस्याहरु रहे पनि प्रत्येक पटक यहाँबाट एमालेले जितेको यो क्षेत्रमा कुनै परिवर्तन नआएको, समस्याहरु समाधान गर्ने प्रयत्न नगरेको बरु पार्टीका व्यक्तिहरुको मात्रै परिवर्तन र विकास भएको उनको भनाइथियो ।
“चतरा हिन्दू धर्मको प्राचीन तीर्थ स्थल भएको र यसवरिपरि अन्य विभिन्न धार्मिक संरचनाहरु छन्, ती सबैलाई समेट्ने गरी धार्मिक चक्रपथको निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।” वरिष्ठ नेता राईले भने ।
एमालेले ढाँटको राजनीतिगरिरहेको र यसको प्रमाण विगत २६ वर्षदेखि यस क्षेत्रमा सुकुम्वासी समस्याज्यूका त्यू रहनु नै हो भन्दै उनले अगाडि भने–“अहिले चुनावको मुखमा सुकुम्वासीहरुलाई घर नम्बर बाँडेर अर्को ढाँटको काम गरिरहेको छ । सुकुम्वासीहरुको समस्या घर नम्बर बाँडेर होइन, उनीहरुलाई धनीपुर्जा उपलब्ध गराएर र आवास परियोजनाल्याएर मात्र समाधान हुनेछ ।”
बारम्बार ढाँटको शिकार भएका धनपाका १९ हजार सुकुम्वासीहरुले यो पटक लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनकम्मर कसिसकेको उनको दावीथियो ।
देशको राजनीतिक स्थितिबारे चर्चा गर्दै उनले भने–“अहिले मुलुक ध्रुवीकरणमा गएको छ । यसमा वामहरुको अधिनायकवादी सोँच र सङ्कीर्णताले मुख्य भूमिका खेलेको छ । आफ्नै वर्चस्वको सरकार बनाएर हालीमुहाली गर्ने, संविधान संशोधनआफ्नै स्वार्थ अनुसार गर्ने र समावेशीएवम् सङ्घीयताका मुद्धाहरुलाई समाप्तगर्ने चालबाजीका गोटीहरु चालिहेका छन् ।”
वाम गठबन्धनको यै सङकीर्ण सोँचका कारण देशको नेपाली राजनीतिकअवस्था फेरि द्वन्द्वतर्फ उन्मुखभइरहेको बताउँदै नेता राईले भने–“देशमाभर्खरै नयाँ राजनीतिक प्रणालीको रुपमा गणतन्त्र र सङ्घीयता आएको छ । त्यसलाई सहमति र सहकार्यको आधारमा सबल बनाउनुपर्ने कामबाँकी नै छ ।”
भर्खरै संविधानपनिआएको र त्यसमाअझजनताको अपनत्व र स्वामित्व बढाउनुपर्ने आवश्यक्ता रहेको कुरा औल्याउँदै उनले भने–“यो संविधानलाई पूर्णतयाकार्यान्वयनगर्न ३ सयभन्दा बढी कानुनहरु बनाउनु पर्नेछ । यो काम सबै राजनीतिक पार्टी र चिन्तनहरु एक नभएसम्मफत्ते हुँदैन । तर वाम गठबन्धनले एक्लै खाने दाउगर्दै नेपाली कांग्रेस जस्तो इतिहास बोकेको लोकतान्त्रिकशक्ति र अन्यपहिचानवादीशक्तिलाई कुइनाले घचेटेर डिलमुनि खसाउने नीतिलियो । यो अनुचित राजनीतिकप्रवृत्तिहो ।”
गलत राजनीतिकप्रवृत्तिविरुद्ध आफूहरु लोकतान्त्रिक गठबन्धन बनाएर लोकतन्त्रको रक्षा, जनताका अधिकारहरुको सुरक्षा र देशको विकास र सम्वृद्धिका लागिभगवानरुपीजनताको विश्वास लिनआएको बताउँदै उनले जनताले विश्वासको मतदिएर यसपटक लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु सुनसरीका सबै क्षेत्रहरुमाविजयको मालापहिर्याउने दावीसमेत गरे ।
आमसभामाबोल्दै सुनसरी–१ (ख) का प्रदेश सभातर्फ प्रत्यक्षउम्मेद्वार बुद्धिबहादुर कटुवालले गरिबलाई सँधै गरिबीमै राखेर आफ्नो राजनीतिगरिरहेका कम्युष्टिहरुले आजसम्म कोशी कटान र सुकुम्वासी समस्या समाधानगर्न एमाले अग्रसर नभएको आरोप लगाउँदै हालै कोशी कटान र बाढीपीडितहरुलाई क्षतिपूर्ति दिनभारत सरकारलाई प्रमतथा नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेको अवगत गराए ।
उनले भने–“हालको वामपन्थीएकतावामपन्थीनभएर हामपन्थीएकताहो ।किनकि यसले सत्ताको भागीदारी गरेर देशका राज्य ढिकुटीलाई हामगर्ने नियत राखेको छ ।”
तसर्थ, वाम गठन्धनविपरित लोकतान्त्रिक गठबन्धनले जनताको हितमा सबै समस्याहरुको समाधानखोज्दै सबैको पहुँच बढाउने प्रतिबद्धता गरेको हुँदाजनताले अत्यधिकमतदिई लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताउने विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक गठबन्धनको संयुक्तचुनाव प्रसारप्रसार समिति, चतराको आयेजनामा सम्पन्न सो आमसभालाई ने.कां. चुनावप्रचार–प्रसार मूल कमिटीका संयोजकविनोद राई, ने.कां. समानुपातिकउम्मेद्वार मिना सुब्बा, ससफो, नेपालका समानुपातिकउम्मेद्वार सुशीलाश्रेष्ठ, सुकुम्वासी नेता सुबास राईलगायतले सम्बोधन गरेका थिए ।
आमसभापछि चतरामा सबै उम्मेद्वारहरुले घरदैलो कार्यक्रमपनि गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *