Loading...
मधेशी, मुस्लिम, अादिबासी, दलित अारक्षण काेटा फोरमले गरेको अान्दाेलनको उपलब्धि- उपेन्द्र

कृष्णनगर , मंसिर। कपिलबस्तुकाे बहादुरगंजमा संघीय समाजबादी फाेरम नेपालकाे अाम सभा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकाे अतिथ्यतामा सम्पन्न भएकाे छ ।
प्रतिनिधि सभा र  प्रदेश सभाकाे चुनावी  माहाेललाई तताउन संघीय समाजबादी फाेरम नेपालका अध्यक्ष कपिलबस्तुमा अाएका हुन । जिल्लाका विभिन्न ठाउंमा चुनाव प्रसार र चुनावी सभालाई सम्बाेधन गर्ने क्रममा प्रतिनिधि सभा ३ काे केन्द्र मानिने बहादुरगंज पुगेका क्षेत्रीय अध्यक्ष नियाज अहमद खांले बताएका छन । अाम सभामा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा संघीयता फाेरम नेपालका कारण अाएकाे हाे र अहिले पाईने मधेशी , मुस्लिम, अादिबासी , दलित अारक्षण काेटा मधेश अान्दाेलनका कारण मात्र अाएकाे दाबी गर्नुभएकाे थियाे । वहांले ठुला दल कांग्रेस , एमालेलाई लक्षित गर्दै नेपालमा पुर्व सरकारहरुले पिछडिएका समादुयमाथि दमन मात्र गरेकाे अाराेप लगाए ।

प्रसाद गुप्ताले नेपालमा पञ्चायत कालदेखि राजनिति गर्दै अाएकाे तर अाज जनताले मलाई विजयी गराएमा विकास काे लहर यस्ताे ल्याउनेछु कि सबैले उदाहरणमा मेराे नाम लिने बताउनुभयाे ।
त्यस्तै प्रदेश सभा उम्मेदवार शैलेष प्रताप शाह र कृष्ण कुमार चाैधरीले पनि मधेशकाे बिकास मधेशी दलले मात्र गर्ने मञ्चन गरेका थिए ।
कपिलवस्तु क्षेत्र नम्बर ३ काे चुनावी रेसमा पहिलाे स्थानमा संघीय समाजबादी फाेरम नेपालका मंगल प्रसाद गुप्ता , दाेस्राे मा फाेरम छाेडेर कांग्रेस प्रवेस गरेका अभिषेक प्रताप शाह , तेस्राे प्रतिस्पर्धामा बामगठबंधनका इश्वर दयाल मिश्रकाे रहेकाे राजनितिक विश्लेषकहरुकाे दाबी रहेकाे छ । हुन त चुनावकाे अन्तिम दिनमा मंगल प्रसाद गुप्ताकाे भाेट घट्ने गरेकाे छ तर यसपाली समप्रदायिक घटना र जातिए भाेट नबटने हुनाले बढ्त गुप्ता कै पक्षमा रहेकाे समाजसेवी शिवपुजन यादवकाे दाबी छ ।

मञ्चमा समानुपातिक उम्मेद्वार रामबरण यादव, अकरम पठान, गीता श्रीवास्तव लगायत जिल्लाका कार्यसमिति सदस्य सहित सभामा हजाराैं सर्वसाधारणकाे उपस्थिति थियाे ।

kapilvastutimes.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *