
अधिनायकवादतर्फ उन्मुखवाम गठबन्धनविरुद्ध संगठित बनौँ
सक्षम, निष्ठावान, विकास प्रेमी उम्मेद्वारहरुलाई जिताऔँ
१७हजार जनताले बलिदान गरी ऐतिहासिक उपलब्धी हासिल गर्न सक्षम गौरवशाली इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई तथाकथित वाम गठबन्धन र पार्टी एकता नाममा अपमानजनक विघटन गरिएको अवस्था छ । माओवादी पार्टी उत्पीडित वर्ग र समुदायको एजेण्डा मुद्धा बोकेको न्याय, समानता, संघीयता, समावेशीता र गणतन्त्रको लागि लडेको वैकल्पिक शक्ति थियो । शासकवर्गीय स्वार्थको सेवागर्ने र जातिवादीएकात्मक सत्तालाई सशत्तःीकरण गर्दै उद्धेश्यका साथ यो वैकल्पिक शक्तिको विघटन गरी ती एजेण्डा र आन्दोलनलाई ध्वस्तपार्न खोजिएको छ। शासकवर्गमा स्तरोन्नतिभएका केही नेताहरुको सत्तासुखलाई सुरक्षितगर्ने तत्कालिन र व्यक्तिगत स्वार्थका कारण कुनै छलफल र बहस विनादुनियाँलाई गुमराहमा राखेर अत्यन्त आकस्मिक र षड्यन्त्रपूर्वक कथितवाम गठबन्धन र पार्टी एकताको घोषणा गरेका छन् । आफ्नो सत्ताको एकाधिकार रक्षाकालागिकहिले दक्षिणको कार्ड खेल्ने र कहिले उत्तरको कार्ड खेल्ने राष्ट्रिय हितविपरित काम गरिएको छ । आफ्नो एकात्मक र एकाधिकार सत्तामा पैदा भएको खतरालाई कथित राष्ट्रवादको नाममा उत्पीडित समुदायमाभ्रम छर्ने कामगरिएको छ । यो गठबन्धन र एकताशासकीय अधिनायकवाद स्थापतगर्ने उद्धेश्यबाट प्रेरित छ । यो उनीहरुको अधिनायकत्व स्थापितगर्ने उद्धेश्यबाट गरिएको छ ।
शासकवर्गीय एकतालाई कथितवामएकताको भ्रम छरिएको छ । वामशक्तभनेको परिवर्तनप्रति सकारात्मक उत्पीडित वर्ग र समुदायको पक्षधर हुनुपर्ने हो । तर देशकै सबैभन्दा संकीर्ण, अन्य समुदायको मागप्रति असहिष्णु, दक्षिणपन्थी फासिष्ट विचारको वकालतगर्ने एमाले वाम हुन सक्दैन । तर त्यही शक्तिसँग कथित एकता गरी एक्लै लडेर ऐतिहासिक उपलब्धी हासिल गरेको गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) लाई विलय गराई अपमानजनक विघटन र उत्पीडित वर्ग समुदायको आन्दोलनलाई विसर्जन गराइएको छ । एकताको नाममा वैकल्पिक शक्तिलाई विघटन गराई अधिनायकवाद स्थापितगर्ने लक्ष्य राखेको छ । यतिबेला झोेले बनेर होइन, भय र लोभलालचबाट माथि उठेर सचेत र विचारशील कार्यकर्ता तथा जनताले सोच्न जरुरी छ ।
माओवादी केन्द्रको बलियो जनाधार भएको सुनसरी १ मा कुनै पनि उम्मेद्वार नउठाई पार्टीलाई शिथिल र क्षय गराउने दाउ गरिएको छ । माओवादी कार्यकर्ता र समर्थकहरुले चाहेर पनि आफ्नो पार्टीलाई भोट हाल्ने स्थिति रहेन । यसबेला सक्षम, निष्ठावान र भोलि धरानको विकासका लागि सपना र योजना बोकेको कर्मठ जनप्रतिनिधि छनौट गर्नु हाम्रा लागिचुनौती र मौका आएको छ । पहिले पूर्वकै चर्चित शहर धरान आज क्रमशः छायाँमा परेको छ । उपेक्षित भएको छ । धरानलाई आर्थिकरुपले सम्वृद्ध पार्ने रणनीतिक महत्वको एउटै पनि योजना बनेन । यो सबै विगत २५ वर्षदेखि धरानबाट असक्षम जनप्रतिनिधि र धरानको विकासका लाग गैरजिम्मेवार पार्टी चुनिनगएकोले नै हो । धराने जनतालाई सम्भावना र विकल्पहरुको खोजीगर्न कुनै कुराले रोक्न सक्दैन । यस पटक प्रतिनिधि सभा सदस्यका लागि मशाल चिन्हमा भोट दिई अशोक राई लाई र प्रदेश सभाका सदस्यकालागिउम्मेद्वार धरानको विकासको सपना बोकेका किशोर राई लाई रुख चिन्हमा छाप लगाई नयाँ सम्भावना र विकल्पको खोजी गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
पार्टी पुनर्गठन पक्षधर
नेकपा (माओवादी केन्द्र), धरान
Facebook Comments