Loading...
आठ जिल्ला होइन, खोसिएको २२ जिल्लाको मधेश प्रदेश बनाएर देखाइदिन्छौ- उपेन्द्र यादव
 राजविराज, १४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्वर–२ लाई मधेश प्रदेशको बनाउँदै खोसिएको भू–भागलाई हासिल गर्न अगाडि बढ्ने बताएका छन् । सप्तरी सदरमुकाम राजविराज स्थित हटियामा विहीवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । आठ ओटा जिल्ला मात्र मधेश नभई २२ ओटै जिल्ला भएको बताउँदै उनले भने ‘प्रदेश नम्वर–२ लाई मधेश प्रदेशको बनाउँदै खोसिएको भू–भागलाई हासिल गर्न अगाडि बढ्नेछौं ।’ दक्षिण अफ्रिकामा गोराहरुले कालाहरुमाथि गरेको चरम विभेद जस्तै मधेशी जनतामाथि खस शासकवर्गले मधेशी जनतामाथि व्यवहार गरिरहेको उनले बताए । गोर्खाली शासकवर्गले मधेशी जनतालाई दास बनाएर राख्दैआएको प्रष्ट पार्दै मधेशी जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अधिकारप्राप्तिको संघर्षलाई जारी राख्ने उनले बताए । सप्तरी क्षेत्र नम्वर २ प्रतिनीधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले मधेशी जनतालाई अधिकारबाट बञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई कटौती गरेको बताउँदै उनले भने ‘हरेक तहमा बराबरीको अधिकारकालागि हाम्रो संघर्ष जारी छ, जबसम्म मधेशी जनताको अधिकार सुनिश्चित हुँदैन, तबसम्म आन्दोलन रोकिनेवाला छैन ।’ खस शासकवर्गलाई कौरवको संज्ञा दिंदै उनले मधेशी जनता वर्तमान अवस्थामा पाण्डवको भूमिकामा रहेको भन्दै अन्ततः जित सुनिश्चित रहेको बताए । मधेशी जनताको चाहना अनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल बिच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन आग्रह गरे । विभेद अन्त्यकालागि राजपा–फोरम गठबन्धन मजबुत भए मात्र अधिकारप्राप्त हुने भन्दै मधेशको पक्षमा कट्टर रुपमा उभिन उनले आह्वान गरे । क्षेत्र नम्वर २ अन्तर्गत प्रदेश सभा ‘क’का उम्मेदवार मनिष कुमार सुमनले मधेशी जनतालाई शासकवर्गले अझैं अधिकार दिने पक्षमा नरहेको भन्दै मधेशी गठबन्धनका उम्मेदवारहरु जिते मात्र मधेशी जनताको अधिकार सुनिश्चित हुने बताए । शासकवर्गले मधेश आन्दोलनमा गरेको चरम दमनको प्रसङ्ग कोट्याउँदै शहिदहरुको सहादतको उपलब्धी र मधेशका भावी पीढिहरुको अधिकार सुनिश्चित गर्न कुनै पनि प्रलोभनमा नपरी आफुहरुलाई मतदान गर्न उनले आग्रह गरे । राष्ट्रिय जनता पार्टीका महासचिव समेत रहेका नेता सुमनले आफुले मधेश र मधेशी जनताको हक अधिकारकालागि आफुले जस्तोसुकै संघर्ष गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *