Loading...
“राज्जा रानी” मैथिली र नेपाली भाषामा निर्माण हुदै, नेपाल, भारतसहित विदेशमा समेत प्रदर्शनहुने

आगामी पुष २१ मा प्रदर्शन हुने फिल्म हो ‘राज्जा रानी’ । प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ । फिल्म, मधेसको लवज निकट रहेको कुरा त, टिमले हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । तर, अब भने निर्माण टिमले फिल्म मैथिली भाषामा पनि प्रदर्शन गरिने भएको छ ।

आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुती ‘’राज्जारानी’’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको छ । त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारत लगायत अन्य विदेशी मुलुकहरमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा।ली का सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको छ । यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *