Loading...
उपेन्द्रलाइ बदनामगर्ने नेता र लठैत पत्रकारलाइ आयो जवाफ- धोती खुस्केको थाहा नपाउने टिम

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बारेमा हिजो एउटा प्रायोजित निकायबाट भ्रामक समाचार संप्रेषण गरिएको प्रेस संयोजक महेश चौरसियाले बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्- ” गठबन्धनको मर्म र भावनालाई असर पर्ने गरी गठबन्धनभित्रैबाट प्रेषित गरिएको त्यस्ता नियोजित समाचारको कुनै तुक नै छैन । जबकि, धनुषा क्षेत्र नं. ३ र त्यहाँका प्रतिस्पर्धी उम्मेदबारहरु बारे उपेन्द्रजीले कुनै अभिव्यक्ति नै दिनु भएको छैन । मान्छेको मति बिग्रेको बेला पत्रकार नामका केही लठैत लगाएर त्यस्ता निराधार समाचार लेख्न लगाउनु अत्यन्तै लज्जास्पद बिषय हो । आफ्नो इज्जत छैन भन्दैमा कम्तिमा गठबन्धनको बेइज्जती त नगरौं । कथित मसिहा बन्ने धुनमा आफ्नै धोती खुस्केको थाहा नपाउने त्यस्ता नेता र तिनका लालबुझक्कड टिमप्रति हार्दिक सहानुभूति ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *