
रौतहट १५ मंसिर गरुडा। मंसिरमा मधेस लगायतका ७ वटै प्रदेशमा प्रदेश सभा तथा बिधान सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा जोर सोरमा यति बेला नेता सगै मधेसी जनता हरु लागेका छन।
प्रचारप्रसारको क्रममा आज प्राप्त जानकारीले रौतहटको क्षेत्र नम्बर ४ गरुडा नगरपालिका स्थित महम्मदपुर गाउँमा बेलुकी मधेसीवादी गठबन्धनका नेता कार्यकर्ताहरु प्रोजेक्ट चलाई प्रचारप्रसारलाई अझै तिव्र बनाउने कार्यक्रम गर्दै रहेको बेलामा स्थानीय प्रहरीले रोक लगाउदा झडपको स्थिति सिर्जना भएको छ।
त्यहाका जनता र कार्यकर्ताहरुले प्रहरीको दमनलाई बिरोध गर्दा जवाफमा प्रहरीले गोली सगै दर्जनौं असरु ग्यास पनि प्रहार गरेका छन। झडपमा महम्मदपुर सगै छिमेकी गाउँका दर्जनौं कार्यक्रममा सहभागीहरु घाईते भएका छन।
त्यहाँको स्थितिमा अझै सुधार नभएको थप जानकारी आउन बाकी रहेको छ।
Facebook Comments