
सुनसरीको कालावन्जारमा लोकतान्त्रिक गठबन्धनको बिशाल आमसभा सम्पन्न भएको छ । सभामा सुनसरी-१ का प्रतिनिधी सभाका उम्मेद्वार अशोक कुमार राईले आम सभालाइ सम्बोधन गर्ने क्रममा केपी ओलीलाइ इनार भित्रको भ्यागुताको संज्ञा दिएका छन् । उनले भने आफ्नै देशका नागरिकलाइ भारतीय र चाइनिज देख्ने केपी ओली इनार भित्रको भ्यागुता हुन । झापा-१ का नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा, म, सुनसरी १ कका प्रदेश सभाका उम्मेद्वार बुध्दिबहादुर कटवाल, वाणिज्य मन्त्री मिन विश्वकर्मा, ससफो, नेपालका प्रतिनिधी सभाका समनुपातिक उम्मेद्वार परशुराम बस्नेत, नरेन्द्र चौधरी लगायतले सम्बोधन गरेका थिए ।
Facebook Comments