Loading...
राजधानीसहित देशैभर नेपाल पुलिसले गर्यो चेकजाचको क्रममा ब्यापक कडाइ, बाबुराम नै पक्राउ

गाईघाट । चुनाब नजिकिदै जादा नेपाल पुलिसले अहिले चेक जाचको क्रम तिब्र पारेको छ । देशैभर चेक जाच गर्ने क्रममा राजधानी काठमाडौँमा समेत चेक जाचमा कडाइ गरेका छन् । अहिले काठमाडौँमा कुन ठाउमा कति बेला चेकजाच हुन्छ त्यसको अनुमान कसैले गर्न सक्दैन । त्यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको पुर्व सन्ध्यामा देशैभरबाट यसरी नेकपाका नेता कार्यकर्तालाई प्रक्राउ गरीएको छ ।

उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

यस्तै उदयपुर गढीको दनुवार बेंसीमा एम्बुस थाप्ने योजनाकार बलबहादुर मगरलाई पनि वुधबार राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

suchanakendra.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *