
लेखक यम थापाको डेव्यु निर्देशन रहेको सिनेमा ‘राज्जा रानी’को ट्रेलर आज राजधानी मा पत्रकार सम्मेलन गरि सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजीत एकपत्रकार सम्मेलनका विच सिनेमाको ट्रेलर रिलिज गर्दै निर्देशन यम थापा ले फिल्म ‘राज्जा रानी’ पुष २१ मै रिलिज हुने जानकारी गराउनु भएको थियो ।
तराई मधेश लगायत भारत र नेपाल नहारी नै चल्दै आएको दाईजो प्रथालाई पहिलो पटक सिनेमामा उठाईएको निर्देशक यम थापाले दाबि गर्नु भएको छ । त्यसतै निर्माता निर्मल शर्माले तराइ मधेशभन्दा पनि दाइजो पहाडमा लिनेगरेको अनौठो खुलाशा गर्नु भएको छ । उहाले भन्नु भयो – मधेशमा दुइ लाख नगद लिन्छन तर पहाडमा नगद नलिए पनि ४० -६० लाखपर्ने गाडि लिन्छन ।
सिनेमामा केकी अधिकारी, नाजीर हुसेन, दिपक क्षेत्री, संगीता नापित, कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा लगाएतका कलाकारले अभिनय छ । ‘राज्जा रानी’मा दिपक शर्मा/ताराप्रकाश लिम्बुको संगीत, राजेन्द्र थापा/यम थापाको शब्द, पुरुषोत्तम प्रधानको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी हेर्न पाईनेछ ।
Facebook Comments