Loading...
इलाममा झलनाथ खनाल र सुवास नेम्वाङका व्यक्तिगत स्वार्थका कारण वाम गठबन्धन कमजोर

इलामःहेव्वि वेट भनिएका एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङले दुई दशक भन्दा बढि राज गर्दा पनि देखाउने काम नगरि दिएको कारण उनीहरुसंगै प्रदेश सभामा वाम गठबन्धनबाट उठेका नेताहरु समेत कमजोर भएका छन् ।
प्रदेश सभाका उम्मेद्धारहरुले पनि खनाल र नेम्वाङले विगारेका योजनाको समेत जवाफ दिदै हिड्दा समस्यामा परेका छन् ।
एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई उनले चुनाव लड्दै गरेको इलाम क्षेत्र न १ को सुर्यौदय नगरपालिका ४ श्रीअन्तुका युवा बुद्धकाजी लाप्चाले छब्बिसे बजार नजिकको २६ नम्बर नेपाल भारत सिमा पिल्लर नजिकको जमिन मिचेर भारतीयले विद्यालय चलाउँदा किन नबोलेको भन्दै सार्वजनिक रुपमै प्रश्न गरे ।
उनले सामाजिक सञ्जालमा अतिक्रमित भुमिको तस्विर राखेर लेखेका छन् “सम्मानीत ओहोदामा रहेर पनि सदनमा एक सब्द उठान नगर्नु र चुनावको मुखमा राष्ट्रियताको चर्को नारा लगाउनु ।”
लाप्चाले जस्तै प्रश्न सिमाक्षेत्रका बासिन्दाले पटक पटक चुनाव जितेका खनाललाई गर्ने गरेका छन् । फाटकमा दश गजा मिचेर बनेका गुम्बाका विषयमा खास पहल नगरेको लगायतका विषयमा मतदाताले सोध्ने गरेका छन् ।
उनलाई पशुपतीनगरमा अध्यागमन केन्द्र स्थापना गर्ने पुरानो चुनावी नारा किन पुरा नगरेको भनेर पनि मतदाताले सोध्ने गरेका छन् ।
उनलाई जस्तै पुराना घाउले पिरोल्दैछ एमाले नेता तथा पुर्व संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि । कतिपय सवालको जवाफ दिन नेताहरुलाई पनि सकस पर्ने गरेको छ ।
इलामको निर्वाचन क्षेत्र न २ का साविक १६ गाविस समेट्ने सपना बाढेको गैडे महमाइ सडकको काम २०५७ सालमा शुरु भएको थियो । सडकको ट्याक खुले पछि तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङले सेनामेना सहित स्थानीय गोतामे स्कुलमा पुगेर २०६३ सालमा सडकको उद्घाटन गरेका थिए र तर त्यो बाटोमा उनी फर्के पछि केहिल्यै यात्रु वाहक गाडि चलेनन् । स्यानीय मतदाताका अनुसार एक बर्ष सम्म ट्याक्टर चल्यो त्यसपछि केहि चल्न सकेन । तर , अहिले पनि त्यो सडकमा बजेट खर्चगर्न रोकिएको छैन । नेम्वाङलाई मतदाताले सो सडक किन नबनाएको भनेर सोध्ने गरेका छन् ।
गैडे महमाई १४ किलो मिटर सहित सबै गाविसलाई समेट्ने सडकको लम्बाई २६ किलो मिटर भन्दा बढि छ । पछिल्लो समयमा केन्द्रबाट विभिन्न खण्डको नाममा सो सडककै लागि रकम आउने गरेको छ ।
तत्कालिन जिल्ला विकास समिति इलामको रेकर्डमा २०६३ साल देखि २०६८ सम्ममा मात्र केन्द्रिय बजेटनै ६७ लाख रुपयाँ खर्च भएको देखाएको छ । २०६८ असार ३२ गते योजना शाखाले गैडे महमाइ सडकको काम सम्पन्न भएकाले धलौट बापतको रकम ३ लाख ३५ हजार फिर्ता गर्न अनुरोध गरेका छन् । यस भन्दा अघि पछिको हिसाव जिल्ला विकास समितिले पनि फेला पार्न सकेन ।
प्राविधिकहरुले सो सडक भौगोलीक रुपमा चल्न नसक्ने कतै उल्लेख गरेका छैनन् । सो सडकमा वितेको दुई बर्षमा एक पटक सात लाख चालिस हजार खर्च भएको छ भने एक पटक दश लाख भएको छ । सबै खर्चमा नेम्वाङका स्वकिय सचिव बुद्धिले परिचालन गरेका छन् । उनले कोषध्यक्ष बनेर ठुलो रकम खर्च गरेका थिए । नेम्वाङले यस्तै योजना मार्फत चुनावी खर्च जुटाएको मतदाताको आरोप रहेको छ ।

गैडे महमाई सडक निर्माण भएको भए महमाई लगायतका इलामको क्षेत्र न २ का बासिन्दाको झापा संगको आवत जावत सहज हुने स्थानीयको तर्क छ । त्यहाँको कृषि उपज तराईको बजारमा पु¥याएर विक्री गर्न सकिने भएकाले सडक चुरे क्षेत्रका बासिन्दाको आय आर्जनका लागि समेत फलदायी हुने उनीहरुको अपेक्षा छ ।
प्राविधिक रुपमा कमजोर धरातलमा निर्माण गरीएको सडक कार्यकर्ता पोष्ने र सालका रुख काट्ने नियत मात्र देखिन्छ ।

मोटरेवल सडक निर्माण समिति भनिए पनि यो समितिले ट्याक बनेको बाटोलाई पनि सञ्चालन गर्न सकेन । अहिले गोरेटो बाटो मात्र छ । गैडे सामुदायीक वनमा पर्ने करिब पाँच किलो मिटर बाटोमा ट्याक पनि खोज्नु पर्र्ने अवस्था छ । तारे भिरमा त ट्याकपनि छैन । तर त्यहि भिरका लागि २०६६ सालमा १५ लाख रुपयाँ खर्च भएको तत्कालीन जिल्ला विकास समिति इलामसंगको सम्झौता पत्रले देखाउँछ । यो एउटा उदहारण हो तर अहिले सम्मको रकम बालुवामा पानी भएको छ । स्थानियले गोलीया लिन र भोट माग्न मात्र सडकको प्रयोग भएको आरोप लगाउने गरेका छन् ।
गैडे–महमाई सडक नेम्वाङको असफल योजनाको रुपमा लिने गरिएको छ । झापाको पुरानो सतासीधाम गाविसबाट लक्ष्मीमार्गसम्म करिव चौध किलामीटर बाटो बनाउन अहिलेसम्म एक करोड भन्दा माथी लगानी भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *