
नरेन्द्र साह,रौतहट, मंसीर १६ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालले जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई नै बहुमतले जिताउनुपर्ने बताउनुभएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्वर ४ बालचनपुरमा संयुक्त वाम गठबन्धनद्वारा आयोजित चुनावी कार्यक्रममा वोल्दै नेता नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्ष्भित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने दाबी गर्दै नेता नेपालले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका उचाँइमा पु ¥याउने दाबी गरेका हुन् ।
स्थानीय तहमा बाम गठबन्धनको अग्रता कायम रहेकाले अव जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा समन्वय हुनुपर्नेमा बताउनुभयो । हाल काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता नेपालले मुलुकमा सामाजिक न्याय र जनतालाई अधिकार सम्पन्न बनाउन वाम शक्तिले ठूलो संघर्ष र मेहनत गरेको उल्लेख गर्दै जन अधिकार संस्थागत गर्न वाम गठबन्धनको बहुमतको सरकार अपरिहार्य अनिवार्य रहेको जिकीर गर्नुभयो । नेपाली काँग्रेसले हार्ने देखेपछि कम्युनिष्टहरु विरुद्ध अनेकौ नचाहिने हल्ला फिजाउँदै हिडेको आरोप लगाउँदै उहाँले वाम गठबन्धनको शक्ति देखेर कांग्रेसले हार स्वीकार गरिसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो , ‘वाम गठबन्धनले दुई तिहाइ स्थान जितीसक्यो अब घोषणा हुन मात्र बाँकी छ ।
काँग्रेस र अरु दल पत्तासाफ हुन्छन् । उहाँले देश र प्रतिनिधिसभा सदस्यको पहिलो चरणको निर्वाचनमा पनि वाम गठबन्धनले ३७ क्षेत्रमध्ये ३० सिट जित्ने दाबी गर्दै उनले कांग्रेस र अन्यलाई बाँकी रहलपहल भागमा पर्ने भन्दै व्यङ्ग्य पनि गर्नुभयो । उहाँले दोस्रो चरणको निर्वाचनमा पनि अधिकतम सिटमा वाम गठबन्धनले जित्ने बताउँदै रौतहटमा ४ वटै क्षेत्रका १२ जना वाम उम्मेदवारहरुले जितेर लालकिल्ला बनाउने दावी गर्नुभयो । कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का बामगठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. वंशिधर मिश्र , वामगठबन्धनका तर्फबाट प्रदेश (क) का उम्मेदवार देवेन्द्र पटेल, समानुपतिक तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कल्याणी खड्का र प्रदेशका युवराज भट्टराई (समिर) सहित बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियोे ।
Facebook Comments