Loading...
कांग्रेसले समर्थन गरेको उम्मेदवार बाबुराम भन्छन- कांग्रेस भ्रमको खेती गरिरहेको छ

राजविराज, १५ मंसिर । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार देशको संविधानलाई सर्वस्वीकार्य बनाउने सोचमा नरहेको आरोप लगाएका छन् ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियानको क्रममा शुक्रवार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दावी गरेका हुन् । आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन भएमात्रै मधेशी जनताको अधिकार स्थापित हुने जिकिर गर्दै उहाँले मधेशी जनताप्रति दुवै गठबन्धनको कुनै दिर्घकालिन सोच नभएको ठहर गरे ।

उनले काँग्रेस भोटको लागि मात्रै लोकतन्त्र र संघीयताको नारा लगाउँदै जनतालाई मोहित पार्ने प्रयत्न गरिहेको बताए । भट्टराईले फोरम–राजपाको चुनावी मुद्दासँग आफुहरुको मुद्दा निकट रहेको स्पष्ट गर्दै संविधान संशोधन गर्ने दललाई विजयी गराउन समेत आग्रह गरे ।

कांग्रेस, एमाले र माओवादी भ्रमको खेती गरिरहेको भन्दै आम जनतालाई सचेत रहन आग्रह गरे । संविधान जारी हुने समयमा आफूले संविधान पूर्ण नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको चर्चा गर्दै डा. भट्टराईले भने ‘संविधान जारी हुने समयमा नै मैले आधा गिलास भरेको छ र आधा गिलास खाली छ तर त्यसलाई परिवर्तन विरोधीहरुले मलाई विभिन्न आरोपहरु समेत लगाए ।’
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरु रामरिझन यादव, करिश्मा मानन्धर, प्रेस सोसाइटीको प्रदेश नम्वर २ का कार्यवाहक संयोजक नविन नरसिंह नेपाली, पार्टीका जिल्ला संयोजक राजेश विद्रोही, कृष्ण कुमार गुप्ता, ई. शैलेन्द्र कुमार झा, पंकज कुमार सिंह, अमृत साफी, समेतको उपस्थिति थियो ।

newstoday.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *