Loading...
फोरम नेपालका कार्यकर्ताचढेको जिप भकुवा खोलाबाट २०फिट तल खस्यो, चालकको मृत्यु, ६घाइते

१७ मंसिर, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको जिप गएराति खोलामा खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राम कुमार दानीले बताए ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा जिप दुर्घटनामा परेको हो ।

घाइते चार जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको छ । दुईजनाको भने जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

भकुवा खोलाको पुलमा ठोक्किएर जिप २० फीट तल नदीमा खसेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *