
सप्तरी । मेडिकल माफियाको छवि बनाएका निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुर चुनाव अघिनै निराश बनेका छन् । मंसिर २१ गतेको चुनाव आउन पाँच दिन बाँकी छँदै पराजयको डरले उनी हतास बनेको देखिन्छ ।
यहाँसम्म कि चुनावी माहोल दिनप्रतिदिन बिग्रिदै गएपछि ठाकुरले आफ्ना निकटका कार्यकर्ताहरुसँग निराशा समेत पोख्न थालेको बताइन्छ । मेडिकल र कलेजहरुबाट सप्तरीका सयौं विद्यार्थीबाट करोडौं रकम ठगेको खुलाशा भएपछि उनको निर्वाचनमा क्षेत्रका जनताका आक्रोश बढेको छ ।
ठाकुरले काठमाडौंको ग्वार्कोमा ग्लोबल हस्पिटल संचालन गरेका छन् । राजविराजमा उनले युनिक एजुकेशनल एकेडेमी चलाएका छन् । यसैगरी, गौशालामा इन्जिनियर कलेज र इटहरीमा नसिङ्ग कलेज थापेका छन् ।
सिरहाको लहान स्थायी घर भएका जयप्रकाश ठाकुरको मेडिकल र शैक्षिक माफियाको छवि उजागर भएसँगै सप्तरीमा उनी आलोचित बनेका छन् । स्थानीयका अनुसार एकपछि अर्को गर्दै आफ्नै नेता कार्यकर्ताले साथ छोड्न थालेपछि ठाकुरको चुनाव प्रचार प्रसार पनि मन्थर भएको छ ।
मेडिकल र शैक्षिक संस्था संचालन गरेर कालो धन आर्जन गर्न सफल ठाकुरको भित्रि रहस्य पर्दाफास हुन थालेपछि उनको छवि धूमिल बन्दै गएको सप्तरीका एक नेताले बताए ।
ठाकुरलाई राजपाले समेत पार्टीबाट निष्काशन गरिसकेको छ । यसअघि उनी राजपाको सहमहामन्त्री थिए । केन्द्रीय निर्णय विपरीत बागी उम्मेदबारी दिएपछि राजपाले केहीदिन अघि पार्टीबाट निष्काशित गरेको थियो । मेडिकल माफियाको रुपमा बिग्रिदो छवि र राजपाले समेत साथ नदिएपछि ठाकुरको राजनीतिक भविष्य संकटमा परेको हो ।
Facebook Comments