Loading...
मधेशबाट गैरमधेशी दलहरुलाई कुनैपनि हालतमा जित्नदिन नहुने स्थानिय बुद्धिजीवीरुको निष्कर्ष

जनकपुरधाम, १७ मंसिर । आसन्न निर्वाचनमा मधेशबाट गैरमधेशी दलहरुलाई कुनै पनि हालतमा जित्न दिन नहुने निष्कर्ष यहाँका बुद्धिजीवीरुले निकालेका छन् ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आइतबार जनकपुरधामको विश्वकर्मा चौकमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बुद्धिजीवीहरुले सोक निष्कर्ष निकालेका हुन् ।

मधेशबाट गैरमधेशी दलहरु जिते विभेदकारी संविधानलाई संशोधन गर्ने मुद्दा कमजोर हुने निष्कर्षसमेत निकालिएको छ । मधेश आन्दोलनका बेला प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै मिलेमतोमा आम जनतामाथि गोली बर्साइएको बताएका थिए ।

मधेशी शहीदको सपना साकार बनाउन र मधेशमैत्री संविधानका लागि मधेशी गठबन्धनलाई नै मधेशी जनताले मतदान गर्नुपर्ने सुझाव बुद्धिजीबीहरुले दिएका छन् ।

कार्यक्रममा खसवादीबाट मधेशीलाई दास बनाइएको ईतिहास, झापा बिद्रोहको उपहास, मधेशी मतको अवमूल्यन, शिक्षामा अन्तरनिहित विभेद, बिबादस्पद निर्वाचन प्रणाली, नागरिकता सम्बन्धी विभेद, राज्यद्वारा प्रयोग गरिँदै आएको गोयवल्स शैली, राज्यले मधेशीसँग गरेको सम्झौताहरुको उपहास, षड्यन्त्रकारी प्रदेश सीमांकन, नेपालमा मधेशीको ईतिहास र पहिचान, मधेशीको अधिकार लगायतका विषयमा छलफल गरिएको मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय महासचिव बेचन महतोले जनाएका छन् ।

कार्यक्रममा महेश कुमार ठाकुर, रुद्र नारायण राय, आदम कवाडी, देब नारायण चौधरी, तृपित नारायण यादव, अखिलेश शर्मा, प्रदिप साह, संतोष सिह, रुपेश साह, ब्रज किशोर साह, राम बहादुर साह, सीता शरण महतो, दिलिप ठाकुरलगायत स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो

madheshvani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *