Loading...
मधेसी जनताको मत मधेसी गठबन्धनलाई, अरु दललाइ भोट दिने गद्धार – हरिनारायण रौनियार

वीरगन्ज, १८ मंसिर

यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेसी गठबन्धनका उम्मेदवारहरुले पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पटेरवा सुगौलीको निचुटामा रात्रिसभा गरेका छन् ।

आइतबार साँझ भएको सो रात्रिसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियारले मधेसी जनताले मधेसवादी दलका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । सो सभामा प्रदेशसभा सदस्यका उम्मेदवार मन्जुर आलम, नेताहरु नागेन्द्र यादव, सलिम अन्सारी, गोवद्र्धन यादवलगायतको सहभागिता थियो ।

त्यसअघि निचुटा र मनियारीमा घरदैलो सम्पन्न भएको थियो । पोखरिया नगरपालिकाको सेमरवारी र बर्वामा भएको घरदैलो तथा चुनावी प्रचारको कार्यक्रममा पनि नेता कार्यकर्ता र मतदाताको उल्लेख्य सहभागिता थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *