Loading...
गगनलाई भेट्न अस्पताल गएका नेता डा. भट्टराईमाथि नै आक्रमण र धकेलाधकेल

नेपाली काँग्रेसका युवा नेता नेता गगन कुमार थापालाई भेट्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका एमाले नेता डा. राजन भट्टराईमाथी काँग्रेस कार्यकर्ताहरुले अस्पताल परिसरमै दुर्व्यवहार गरेका छन् ।

आफ्ना प्रतिष्पर्धी गगनलाई बम प्रहार भएको सुन्नासाथ सुवेच्छुकहरुसहित शिक्षण अस्पताल पुगेका डा भट्टराईलाई सोमबार दिउँसो साढे १ बजे गगनका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । गगनलाई भेटेर सहानुभूति प्रकट गर्न नदिइकन गगनका कार्यकर्ताहरुले उल्टै नाराबाजी र दुर्व्यवहार गरेका थिए । ‘चुनावमा प्रतिष्पर्धा भनेको त आफ्नो ठाउँमा छदैँ छ । म गगन थापाजीको अवस्थाको बारेमा सुन्नासाथ अस्पताल पुगेको थिएँ । तर उहाँका कार्यकर्ताहरुले मलाई धकेलाधकेल र नाराबाजी गरे । भेट्न पनि दिएनन् । मसँगै रहेका मेरा एकजना सहयोगीलाई समेत मुक्का हाने ।’ डा. भट्टराईले भने ।

काँग्रेसका उम्मेदमार थापालाई आज विहान विप्लवका कार्यकर्ताले आक्रमण गरेका थिए । थापा भर्खरै मात्र अस्पतालबाट डिसचार्ज पनि भइसकेको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा थापा र नेकपा एमालेका युवा नेता डा. भट्टराईविच तीब्र प्रतिष्पर्धा रहेको बताइएको छ ।

ramechhapkhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *