
नरेन्द्र साह,रौतहट १८ मंसिर रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रदेश सभा सदस्यको लागि क बाट उम्मेदवारी दिनुभएको पूर्व मेयर बाबुलाल शाहको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ । नेपाली काँग्रेसबाट नागेन्द्र साह र अन्य पार्टीका उम्मेदवारहरु उमेर ढलि सकेका, पुराना सोच विचार भएका, राजनितिबाट टाढा रहने व्यक्ति भएको कारण साहप्रति यस क्षेत्रका महिला, युवा, दलित, मुस्लिम र पिछडिएका वर्ग लगायत माथिल्लो जात र तप्काका व्यक्तिहरुको झुकाव बढ्दै गएको छन् ।
साह युवा देखि लिएर बृद्धसम्मको दुख मर्मसँग घुलमिल र दुख सुख साटफेर गर्ने युवा नेता भएकै कारण क्षेत्र नं.१ को क बाट प्रदेशसभा सदस्यको लागि उहाँलाई नै भोट दिन जनता आतुर रहेको स्थानीयवासिहरुको भनाई रहेको छ । साह आफुले जिते क्षेत्रमा फ्रि वाईफाई, गुणस्तरीय शिक्षा, स्वास्थ्य, ढल निकास, कृषि, सिचाई, खेलकुद मैदान, रोजगारको लागि पहल गरी सुबिधा सम्पन्न क्षेत्र बनाउने प्रतिबद्धता जाहेर गर्दै चुनावी मैदानमा उत्रेका छन् ।
Facebook Comments