
संघीय समाजवादीफोरम नेपालकाअध्यक्षउपेन्द्र यादवले मरुभूमिमा परिणत भइसकेको जन्मभूमि सप्तरीलाई समृद्ध क्षेत्र बनाउने उद्घोष गरेका छन् । सप्तरीलाई समृद्ध र विकासको दिशामा केन्द्रीतगर्न आफूसँग स्पष्ट भिजन र योजना रहेको यादवले बताए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.३ तोपामाआयोजितअन्तिमचुनावी सभालाई सम्बोधनगर्दै अध्यक्षयादवले समृद्ध जन्मभूमिआफ्नो सपनाभएको बताए ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ काप्रतिनिधि सभा सदस्यपदकाउम्मेदबार फोरम नेपालकाअध्यक्षयादवले एमाले र माओवादीको वाम गठबन्धन बहुरुपिया रहेको आरोप लगाउँदै त्यसबाट सावधान रहनआमजनतालाई अपील गरेका छन् । ‘बहुरुपियावाम गठबन्धनबाट पूरै देशलाई खतरा छ, त्यसकारण उनीहरुबाट सावधान रहन जरुरी छ’–यादवले भने ।
मधेश गठबन्धनको जीतले मात्रमधेशको मुक्ति सम्भव रहेको स्पष्ट पार्दै यादवले दुई नम्बर प्रदेशमाफोरम नेपाल र राजपाको गठबन्धन भारी बहुमतले विजयीहुने दाबी गरेका छन् । मधेशको मुक्ति र सहीदको सपना पूरा गर्न मधेश गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको उनले बताए ।
शहीदलाई सम्झेर चुनावप्रचारको शुभारम्भ र समापन
मलेठमा प्रहरीद्धारा गोलिहानीमारिएका ५ जनाशहीदको समाधिमाथिफूलमालाअर्पण गरेर कात्तिक २५ गतेदेखि यादवले औपचारिक रुपमाचुनावप्रचार प्रसारको शुभारम्भ गरेकाथिए ।
ठीक त्यसैगरि, चुनावप्रचारको अन्तिमदिन सोमबार तिलाठी कोइलाडीको तोपामाआयोजितचुनावी सभामाशहीदहरुको तस्बीरमा माल्यार्पण गरेर चुनावप्रचारलाई समापन गरेका छन् ।
मौन अवधि सुरु हुनुअघि प्रचार प्रसारको अन्तिमदिनबिहानैदेखि सक्रिय रहेकायादवले तिलाठी कोइलाडीको सभालाई विशेष महत्वका साथ सम्बोधन गरेका छन् । कार्यक्रममामधेश गठबन्धनको तर्फबाट क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यकाउम्मेदबार एवं फोरम नेपालका नेता शैलेन्द्र साह, क्षेत्र नं. २ प्रदेश सभाउम्मेदबार एवं राजपा नेतामनिष सुमन, फोरम नेपाल सप्तरीकाजिल्लाअध्यक्षदिनेश यादवलगायतको उपस्थितिथियो ।
Facebook Comments