
राजविराज १८, मंसिर । चुनावप्रचार प्रसारमानिकै नै व्यस्त रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार बिहान अत्यन्तै प्रसन्न मुद्रामा प्रस्तुत भएका छन् । आत्मविश्वास र मुस्कानका साथपत्रकार माझ देखिएकायादवआफ्नो जीत सुनिश्चित भइसकेको सुरुमै दाबी गरे ।
मौन अवधि सुरु हुने अघिल्लो दिन राजविराजमा संघिय प्रेस फोरम नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमायादवले चुनावअघि नै आफ्ना प्रतिस्पर्धी पराजित भइसकेको बताए । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका यादव खुशी त देखिए नै भारी मतले विजयी हुने विश्वास समेत व्यक्त गरे ।
पत्रकारहरुसँगको भेटमा यादवले भने, ‘प्रतिस्पर्धा त परै जाओस्, मतकाहिसाबले मेरा प्रतिस्पर्धी मेरा छेउछाउ पनिहुन्नन् । म उत्साहजनकमतले जित्नगइरहेको छु ।’जनताले आफूलाई धेरै माया गरेकाले बिनाप्रतिस्पर्धीकै आफूले जीतहातपार्ने यादवले बताए ।
फोरम नेपालकाअध्यक्षयादवले प्रदेश २ मामधेसी गठबन्धनको बहुमतआउने समेतदाबी गरेका छन् । मधेश गठबन्धनको बहुमतसँगै मधेश सरकार र मधेश प्रदेश गठन गर्ने यादवले बताए ।
अध्यक्षयादवले मंसिर २१ गतेको निर्वाचनपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतको एक चरण पूरा हुने बताएका छन् । यादवले यो निर्वाचनले लोकतान्त्रिक गणतन्त्र झन् बलियो हुने बताए ।
‘मधेशी, आदिवासी, जनताजाति, दलित, मुस्लिम पिछडावर्ग लगायतको समानुपातिकप्रतिनिधित्वको चरण सुरु भएको छ’फोरम नेपालकाअध्यक्षयादवले भने,‘त्यसको पूर्णताभने अझै भइसकेको छैन ।’विगतमाभएकाविभिन्नआन्दोलनतथामधेश विद्रोहको सम्बोधनगर्नकालागिपनि यो निर्वाचनउचितअवसर भएको उनले बताए । जनसंख्याकाआधारमाप्रतिनिधित्वतथाप्रादेशिक स्वायत्तताप्राप्तनभएसम्म राजनीतिक स्थायित्वहुननसक्ने भन्दै उनले परम्परागतशासन शैलीलाई विस्थापितगर्न पनि यो निर्वाचनले सघाउ पु¥याउने विश्वास ब्यक्त गरे ।
मधेशमा सबैभन्दा बढी गरिवीर बेरोजगारी रहेको बताउँदै विगतमा राज्यले मधेश र मधेशी समुदायगरेको उपेक्षाकाकारण नै मधेशकोअवस्थाजर्जर भएको यादवले आरोप लगाए । ‘तराई मधेशको विकाशपनि देशकै विकास हो भन्ने कुरा शासकवर्गले सोच्न सकेन’उनले थपे–‘त्यसैको दुष्प्रभावअहिले पनिमधेशी समुदायले भोग्नु परिरहेको छ ।’
सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकायादवले स्थानीय राजनीतिकदलकाकार्यकर्ता तथा सप्तरीबासीहरुको आग्रहले नै आफू आफ्नै जन्मथलोबाट यस पटक चुनाव लड्न लागेको स्पष्ट पारे । स्वर्गीय गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह, रामेश्वर सिंह जस्ता क्रान्तिकारीहरुको जिल्ला सप्तरीबाट उम्मेदवारी दिनपाउनु आफनालागिपनिगौरव भएको उनको भनाई थियो ।
सप्तरीमा कृषिलगायतअन्य क्षेत्रमा समेत प्रचुर सम्भावनाहुँदाहुँदै पनि देशकै पिछडिएका जिल्लाहरु मध्ये सप्तरी तेश्रो स्थानमा रहनु दुर्भाग्यपुर्ण रहेको उनले बताए । आगामीनिर्वाचनवाट दुई नम्वर प्रदेश मधेश प्रदेश बन्ने र त्यसपछि स्वायत्तमधेश प्रदेशकालागिआफूहरुले अभियानचलाउने उनले स्पष्ट पारे ।
‘आगामीनिर्वाचनवाट दुई नम्बर प्रदेशमामधेशी गठबन्धनको अत्याधिकबहुमतको सरकार बन्ने छ’उनले भने–‘मधेश प्रदेश बनेपछि अन्यप्रदेशका उत्पीडितको मुक्तिकालागि समेत यसले सन्देश प्रवाहगर्ने छ ।’
पहिलो संविधान सभाको निर्वाचनपछि सप्तरीकै रामराजा प्रसाद सिंहलाई राष्ट्रपति वन्नतपाईहरुको पार्टीले अवरोध ग¥यो नि?भन्ने जिज्ञासामा उनले त्यसको दोष माओवादीलाई लगाए । ‘माओवादीकाउम्मेदवारलाई राष्ट्रपति र फोरम नेपाललाई उपराष्ट्रपति दिने सहमतिथियो’उनले भने–‘तर राष्ट्रपति र उपराष्ट्रपति दुबै लिने माओवादीको षड्यन्त्रकाकारण रामराजासिंह हारेकाहुन् । नेतायादवले निर्वाचनकालागि सरकारले सुरक्षाब्यवस्था भरपर्दो बनाउननसकेको आरोपलगाउँदै अहिले उम्मेदवारलाई लक्षित गरी भईरहेकाविष्फोटनका घटनाले समेत त्यसको पुष्टि गरिरहेको दाबी गरे ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेकायादवखुशीमात्रै देखिएनन्, राम्रोसँग जित्ने विश्वास समेत व्यक्त गरे । अध्यक्षयादवले आफू सप्तरीलाई नयाँजीवनदिनउम्मेदवार बनेको बताएका छन् । जिल्लाको अवस्थाजर्जर देखेर आफू यहाँसप्तरीबासीको आग्रहमाउम्मेदवार बनेको बताए । आफ्नो जन्मेको ठाउँ भएपनिआफू मोरङ र सुनसरीबाट यसअघि चुनावजितेको बताउँदै उनले अब सप्तरीलाई समृद्ध बनाउनेतर्फ आफूले ध्यानदिने बताए ।
Facebook Comments