
सुजित कुमार चौधरी
गज्जब छ बा!!
मधेशीले संविधानमा अधिकारको आन्दोलन गर्दा एमाले ले भन्यो “सबै बिहारी हुन। नेपाली होइनन्, गोली ठोक देऊ। तागत छ भने चुनाव लडेर देखाओस्!!” अहिले मधेसीले चुनाव लडि रहदा कांग्रेस ले भन्छ, “ई सबै बाम परिचालित त होइनन?”
मधेसी लाई कलंक मात्र किन लाउँछन् त सबैले? कसैले बिहारी भनेर अराष्ट्रिय भन्छ , कसैले बामे भनेर अ-प्रजातान्त्रिक भन्छ !!
के मधेशभूमि, कांग्रेसीहरू को विर्ता हो?
काग्रेसमा बसि ई ई रहने मधेसी हरु यदि इमान्दार मधेसी थिए , त टाउको मा गोली हान्दा रुनु पर्थ्यो नि? सडक मा लछाद पछड गरेर मधेसी लाई गोली मार्दा, मोदी का सन्तान भनेर पुलिस ले गाली गरी गरी गोली हान्दा ,तिनले बोल्नु पर्थ्यो नी? बेइमान हुन यिनी हरू।
यसकारण,तिनी हरू काग्रेस को लागि मधेसी हुन, मधेसी को लागि मधेसी होइन। जन्म ले धोती त हुन तर मुटु ले टोपे नै हुन्। कांग्रेसका भेडा हुन्।
लोतान्त्रिक गठबंधन बन्ने बेला ५५ सिट मधेशवादी लाई दिनु पर्छ भन्दा ,तिमारुको हैसियत छैन भन्ने काग्रेस जमात मा निधि जी पनि हुन। अनि आज निधि जी हार्नु पर्दा नर्भिक हस्पताल मा सुतेर रुनु पर्ने किन?
त्यसकारण मेरो आग्रह छ मेरा मित्रहरू सँग ! यस पाली प्रतिनिधि सभा र प्रदेश सभा एबं समानुपातिक तर्फ मतदान गर्दा मधेशवादी दल लाई नै मतदान गर्नु होस। तपाईं को एक एक भोट आन्दोलनमा उठेका मुद्दाहरुको प्रति समर्थन मा तागत हुनेछ। विश्व ले हेर्नेछ यो जनमत।
हाम्रो एकता नै हाम्रो जीत हो। हाम्रो एकता ले नै हामी मधेशीलाई अधिकार दिलाउने छ।
भूल नगरौं , बदर नगरौं छाता छाप एबं गठबंधन लाई मतदान गरौं।
Facebook Comments