Loading...
फोरम नेपाल ललितपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार उत्तम लामाको अपिल

अब करिब २ घण्टापछि मौन अवधि शुरु हुने भएकोले यो छोटो समयको सदुपयोग गर्दै यो सामाजिक संजाल मार्फत यहाँहरु समक्ष अन्तिम अपिल गर्दछु । नेपालमा २००७ सालदेखि आजसम्म झण्डै ७० वर्षसम्म कांग्रेस र कम्युनिस्टहरुलाई अनगिन्ती पटक जनताले पालैपालो सरकार संचालनको अवसर दिए । तर नेपाली जनताले दिएको अभिभारा यिनीहरुले पूरा गरेनन् । यति लामो समय राज गर्दा पनि नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण हुन सकेन । नेपाली समाज मानव रुपी रङ्गीचङ्गी फुलबारी भए पनि सदियौंदेखि एकल जातीय शासनबाट प्रताडित भएका छन् । जसले गर्दा देशमा विभिन्न खाले विभेद र उत्पीडन कायमै रही रहे । देशमा नाताबाद, कृपाबाद, भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्र, ढिलासुस्ती, अनिश्पक्षता, असुरक्षा र अस्तब्यस्तताको अवस्था झन्झन् बढ्दै गएका छन् । उदारीकरणको नाममा देशका प्राय: सबै उद्योग धन्दाहरु कौडीको मूल्यमा बेचिएका कारण देश परनिर्भर हुनका साथै बेरोजगारीले बिसौँ लाख युवाहरु बिदेशीका गुलाम बन्न बिवस छन् । तर शासकहरु खोक्रो राष्ट्रवादको ढ्वाङ फुक्न थाकेका छैनन् । आर्थिक सहायताको नाममा आफ्ना आसेपासेलाई अरबौं र नेताहरुको उपचारको नाममा करोडौं रुपैयाँ स्वाहा पारे । देश र जनता झन्झन् कंगाल बन्दै गएका छन् भने नेताहरु झन्झन् धनी बन्दै गएका छन् । त्यही कालो धनको तुजुक देखाउंदै निर्वाचन आचारसंहिता उलंघन गरी अरबौं रुपैयाँ खर्च गर्दै हिंड्ने शासकहरुले भूकम्प पीडितहरुलाई झिंगाको बोसो जति मात्र राहत दिएका कारण आजसम्म टहरामै पीडितहरु रात कटाउन बिवस छन् । बिगतका इतिहासहरु साक्षी छन्, चुनाबमा यिनीहरु नमिलेका जस्तो देखे पनि चुनावपछि मिलेरै देश पालैपालो लुटेका छन् र पुन: जितेमा पुन: इतिहास दोहरिने छ । त्यसैले यो चुनाबमा गम्भीर बनौं । एउटा सचेत तथा जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं । राक्षसी कुशासनको अन्त्यका लागि देशमा नयां बैकल्पिक शक्तिको उदय भैसकेको छ । देशमा जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक लगाएत सबै खाले उत्पीडन, बिकृति एवम् बिसंगतिका अन्त्यका साथै पहिचान सहितको सङ्घीयता, समानुपातिक समाबेशी, पूर्ण धर्म निरपेक्षाता, जातीय समानता, सांचो अर्थको राष्ट्रिय एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समतामूलक समृद्धिका लागि सङ्घीय समाजवादी फोरम, नेपालको चुनाब चिन्ह “एक हातले समातेको मशाल” मा छाप लगाई दिनहुन हार्दिक-हार्दिक अनुरोध गर्दछु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *