
१९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरी ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक हुन ।
चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments