
वीरगन्ज, मंसिर २० – राजनीतिक व्यवस्था फेरियो, शासक फेरिए, तर सत्ता सञ्चालहरुको विभेद भरिएको मनोविज्ञान उस्तै रह्यो । शोषित र पीडित जनताको अवस्था कहिल्यै फेरिएन । असन्तोष र आक्रोशले आन्दोलनको रुप लियो । मधेस आन्दोलनमा जनता सडकमा उत्रिए । राज्यको शक्तिलाई मानवअधिकारको बिश्वब्यापी मान्यता र समान्य मानवतालाई धज्जी उडाउदै मधेसी उपर बर्बर दमन भयो ।
सरकारी सूरक्षा संयन्त्रमार्फत गोली हान्न लगाएका दलका नेताहरुले नै अहिले मधेसी सहिदका परिवारजनको भावनालाई आफुखुसी चाहिने–नचाहिने किसिमले ब्याख्या गर्दैछन् । आखिर के सोच्दैछन् मधेसी सहिदका परिवारजन ? के छ उनीहरुको भावना ? उनीहरु मधेसवादी दललाई जिताउन चाहन्छन्, मधेस मुद्दाको जितका लागि । मधेसको स्वभिमान र आत्मसम्मानका लागि ।
ठुला भनिएका दलले मधेसीलाई पटकपटक झुक्याउने र दोस्रो दर्जाको नागरिक ठान्ने प्रवृति मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भइसकेपछि पनि उस्तै छ । परम्परागत साशन सताका उत्तराधिकारी ठान्ने दल तथा नेताहरुले संविधान निर्माणमा झेल गरे । त्यसको विरोधमा आधा जनसंख्या बसोबास गर्ने सिंगो मधेसमा मानवसागर सडकमा ओर्लियो ।
पछिल्लो आन्दोलनको केन्द्रबिन्दु बन्यो वीरगन्ज । पालैपालो सत्ताभोग गरिहेका नेपाली कांग्रेस र नेकपा एमालेले शान्तिपूर्ण आन्दोलन दबाउन बर्बरताको हद देखाए भन्ने मधेसी सहिद परिवारको बुझाई छ । बन्दहड्तालमा भएको बर्बर दमन सह्न नसकेपछि नाकामा धर्ना दिन पुग्दा शासकले फेरी बन्दुकको सहारा लिए, गोली बर्साएका थिए । हामीले वीरगन्जमा सहिद भएकाहरुको भावना संकलन गर्ने जमर्को गर्यौ, उनीहरुको साझा अभिब्यक्ति रह्यो ‘मधेसी दलहरुलाई जिताऔं मधेसको आत्मसम्मानका लागि ।’
हेर्नुस भिडियो;
Facebook Comments