Loading...
मधेश गठबन्धन जित्ने भएपछी राजेन्द्र महतोमाथि सांघातिक हमला, कसले गराएको हो ?

जनकपुरधाम, मंशिर २० । राजपा नेता राजेन्द्र महतोमाथी आक्रमण प्रयास भएको छ । जनकपुर स्थित उनिमाधि आक्रमण प्रयास भएको हो । मतदान हुनु भन्दा पहिले शुरु भएको मौन अवधिमा जनकपुरका गुण्डा नाईकेहरु सक्रिय भएका हुन् ।

तर राजपाका युवा नेताहरुले निधिका गुण्डा नाईकेको रामधुलाई गरे पछि सबै त्यहाँ बाट भाग्न बाध्य भएका थिए ।

मंगलवार राति जनकपुरको देबीचौक स्थित आफ्ना एक कार्यकर्ताको घरमा भेटघाट गर्न गएका राजपा नेता राजेन्द्र महतोको निजि गाडीलाई तोडफोड गर्न खोजेका थिए ।

जनकपुरका नामुद गुण्डा मानिने जीवनाथ चौधरीको नेतृत्वमा आएका करिब एक दर्जन गुण्डाहरुले महतोको गाडी चालक र निजि सुरक्षा गार्डलाइ धम्काएर गाडीलाई तोडफोड गर्न खोजेका थिए ।
तर तत्काल यसको सुचना पाए पछि राजपा समर्थकहरु घटनास्थलमा पुगेपछी निधिका गुण्डाहरु घेराबन्दीमा परेका थिए ।
दुइपक्षिय भिडन्तपछि चौधरी सहित राकेश बिक्रम साह, नबिन यादव लगायतकाहरु घाईते भएको स्थानीय प्रहरीले जानकारी दिएका छन ।

प्रहरीले समयमै हस्तक्षेप गरेपछि झडप साम्य भएका थिए । प्रहरीको भारी सुरक्षाबीच निधी पक्षधरहरुलाई सुरक्षित लगिएको थियो ।

तर  निधी पक्षले आफुहरु कसैमाथि आक्रमण नगरेको बरु महतोपक्षकै युवाहरू हामीमाथि आक्रमण गरेको बताए ।

नागरिक टाइम्स/aajtakmadhesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *