Loading...
नेपालमा गाई काट्ने अमेरिकी संगठनको सिफारिसप्रति हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालमा गाई काटेर खान पाउनु पर्ने भन्दै सिफारिस गर्दै आएको एक अमेरिकी संस्थाविरुद्ध विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको गम्भीर ध्यानाकर्षण भएको छ ।महासंघका अध्यक्ष भरतकेशर सिंहले जारिगरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआरआरएफ) ले तयार पारेको प्रतिवेदनको आधारिकता नेपालस्थित अमेरिकी दूतावाससँग माग गरेको उल्लेख छ ।

उक्त संस्थाले तयार पारेको प्रतिवेदनमा धर्म परिवर्तन गराउन पाउनु पर्ने, हिन्दुहरुको गौमाताको रुपमा पुजा हुँदै आएको राष्ट्रिय जनावर गाईको मासु खान पाउनु पर्ने, गाई काट्न र गाईको मासु उपभोग गर्न पाउनु पर्ने जस्ता धार्मिक सद्भाव भड्काउने पक्षमा पैरवी गरेको खबर विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएपछि यसबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *