
लालबन्दीमा एमाले कार्यकर्ताहरु र राजपा नेपालका कार्यकर्ता बीच झडप दुई जना घाईते । सर्लाही लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरमा एमाले कार्यकर्ताहरु राजपा नेपालका कार्यकर्ता माथि आक्रमण गर्दा भएको दोहरो झडपामा दुई जना घाइते भएका छन् । गएराती एमाले कार्यकर्ताले राजपाको पोष्टर पम्पलेट र झण्डा जलाएपछि राजपा कार्यकर्ताले पनि एमालेको पोष्टर जलाएको विषयलाई लिएर आज बिहान झडप भएको हो ।
एमाले कार्यकर्ता तुलसी नारायण श्रेष्ठको नेतृत्वमा आएकाहरु राजपा नेपालका कार्यकर्ताहरु चियना पसलमा चिया खाई रहेको अवस्थामा माथि आक्रमण गर्न खोजेपछि दोहरो झडप हुँदा सर्लाही निर्वाचन क्षेत्र नंं १ को ख बाट राजपा नेपालको तर्फबाट प्रदेश सभाका उम्मेदवार राम प्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एक जाना एमाले कार्यकर्ता घाईते भएको जनाइएको छ । अहिले त्याहाँको स्थिति तनावपूर्ण रहेको राजपाका प्रतिनिध सभा सदस्य पदका उम्मेदवार प्रमोद साहले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरी परिचालन गरि सकेको सर्लाहीका प्रहरी उपरिक्षक मोहमद मसाउद आलम खाँले जानकारी दिनुभयो ।
Facebook Comments