Loading...
हजार हजारका नोट बाड्दै हिडेका एमालेका नेता कार्यकर्ता पक्राउ यस्तो छ सजाय

वीरगञ्ज । पर्सामा वाम गठबन्धनका नेता कार्यकर्ता एक एक हजारका नोटको गड्डीसहित पक्राउ परेका छन् । भोलि हुने निर्वाचनको मौन अवधिमा पर्साको पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित गठबन्धनका ३ जना पक्राउ परेका हुन् ।मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन चाहेको छैन ।ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका उनीहरुको साथबाट ३ लाख नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *