Loading...
नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप, तीन जना घाइते, एक महिलाको अबस्था गम्भिर

२१ मंसिर, सर्लाही । सर्लाही जिल्लाको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइन लागेका कांग्रेस कार्यकर्ताहरुलाइ राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएर तनाब को स्थिति उत्पन्न भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभएको छ । आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना-३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *